नेपालीमुलकी परिजिता द भ्वाइसको शिर्ष १३ मा
पेन्सिलभेनिया,अमेरिका/ नेपालीमुलकी १७ वर्षीया परिजिता बास्तोला विश्व चर्चित अमेरिकी टेलिभिजन शो ‘द भ्वाइस’ शिर्ष १३ मा पुग्न सफल भएकी छिन्।
टप १६ अन्तर्गत सोमवारको प्रस्तुति पछि भोटको आधारमा परिजिता द भ्वाइसको यात्रालाई निरन्तरता दिन सफल भएकी हुन्।
सोमवारको कार्यक्रममा उनले लेडी गागाको गीत ‘आई विल नेभर लभ एगेन’ गाएकी थिइन। उनको प्रस्तुतिले चारै जना जजलाई उठाएको थियो।
अमेरिकाको पूर्विय समय मंगलवार बिहान सात बजे सम्म मतदान गर्न पाउने व्यवस्था गरिएको थियो।
परिजिताले सर्वाधिक मत ल्याएको बताइएको छ तर कुल मत सख्या खुलाइएन। द भ्वाइसमा हरेक हप्ता सोमवार प्रस्तुति हुने र मंगलवार नतिजा सार्वजनीक गर्ने गरिने छ।
द भ्वाइसमा नेपालीमुलकी परिजिताको अर्को दमदार प्रस्तुति, चारै जजलाई उठाइन्