अमेरिकाले नेपाल सहित ६ देशका लागि टिपिएसको म्याद १८ महिना थप्यो, दश हजार नेपाली लाभान्वित
पेन्सिलभेनिया, अमेरिका / अमेरिकाले नेपाल सहित ६ राष्ट्रका लागि टिपिएस (अस्थायी संरक्षित स्थिति) १८ महिनाका लागि स्वत नविकरण गरेको छ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी सन् २०२४ को जुन सम्मका लागि नेपाल हाइटी, एल साल्भाडोर, निकारागुआ, सुडान र होन्डुरसको टिपिएस स्वत थपेको हो।
टिपिएस सम्वन्धी दुई वटा मुद्दा अदालतमा विचाराधिन छन्।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले नोभेम्बर १६ तारिकमा फेडेरल रजिस्टर नोटिस यसको अधिकारिक घोषणा हुने जनाएको छ। सन् २०१६ देखि अमेरिकीकाले यी ६ देशका नागरिकलाई टिपिएस दिदै आएको हो।
यो कदम सँगै टिपिएस स्टाटस प्राप्त व्यक्तिहरुले कम्तिमा अर्को १८ महिना अमेरिकामा बैधानिक रुपमा बसोवास गर्न पाउने छन्।
अमेरिकामा टिपिएस स्टाटमा रहेका नेपालीको संख्या दश हजार भन्दा बढी रहेको जनाइएको छ।
‘टिपिएस प्राप्त आप्रवासीहरूलाई सन् २०२४ को मध्य सम्म निर्वासन गर्नबाट रोक्ने संरक्षित स्थिति कार्यक्रम विस्तार गरेको छ।’ अमेरिकी अध्यागमन सेवाले बिहिवार भनेको छ।
टिपिएसले आफ्नो देशमा प्राकृतिक प्रकोप वा सशस्त्र द्वन्द्व जस्ता असाधारण घटनाहरूबाट गुज्रिएमा उनीहरूलाई निर्वासनबाट बचाउदै आएको छ।
अमेरिकी सिटिजनशिप एण्ड इमिग्रेसन सेवाका अनुसार टिपिएस विस्तारले लगभग तीन लाख ९२ हजारलाई फाइदा पुग्ने छ। जसमध्ये लगभग दुई लाख ४२ हजार एल साल्भाडोरका नागरिकहरू छन्।
यसै बीच शुरुवात देखि नै टिपिएसका पक्षमा वाकलत गर्दै आएको ‘अधिकार’ संस्थाले टिपिएसको म्यान नविकरण हुनुलाई ‘हाम्रो सामुहिक पहलको सफलता!’ भनेको छ।
‘अधिकार लगायत अफ्रिकी समुदायहरू सँगै, राष्ट्रिय पिटिएस गठबन्धन,एसीएलयु- सोकल तथा अन्य सहकारी संस्थाहरु र रामोस / भट्टराई मुद्दाको वकीलहरुको विशेष पहलको कारण आज हामीलाई यो राहत मिलेको छ।’ आफ्नो आधिकारिक फेसबुक पेजमा अधिकारले लेखेको छ, ‘तर हाम्रो टिपिएस को लडाईं जारी नै छ। आज केहि बेर खुशी मनाऔं, तर स्थायी समाधान नभए सम्म हामी सबै यस अभियानमा लागि नै रहौं!’
अधिकारले टिपिएस स्वत: नविकरण हुने हुदाँ पुन आवेदन दिन नपर्ने र अहिलेकै वर्क पर्मिटको मान्यता कायम रहनेछ भनेको छ।