रिपब्लिकन उमेरवार विजयी भएकोमा लङ्ग आइल्याण्ड नेपाली समाजका अगुवा खुसी
न्यूयोर्क,अमेरिका / भरखरै सम्पन्न अमेरिकाको निर्वाचनमा न्यूयोर्क डिस्ट्रिक्ट १५ का असेम्बलीका रिपब्लिकन उमेदवार जेक ब्लुम्यानक्यान्स विजयी भएकोमा लङ्ग आइल्याण्डमा बसोबास गर्ने नेपाली समाजका अगुवाले खुसी व्यक्त गरेका छन्।
लङ्ग आइल्याण्डमा बसोबास गर्ने नेपाली समुदाय निर्वाचनमा सक्रियता पूर्वक ब्लुम्यानक्यान्सको पक्षमा लागेका थिए।
रिपब्लिकन पार्टीका उम्मेदवार ब्लुम्यानक्यान्सलाई जिताउन आब्हान गर्दै चुनाव अगाडि उनलाई स्वागत,अभिनन्दन र इन्डोर्स समेत गरेका थिए ।
नेपाली कांग्रेसका महासमिति पूर्व सदस्य, समाजसेवी एवं गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका सल्लाहाकार वेद प्रसाद खरेलको अगुवाई र आव्हानमा उनकै घर हिक्सभिलमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार ब्लुम्यानक्यान्सले डेमोक्रेटिक पार्टिकी अमेण्डालाइ पराजित गरेका हुन्। उनको बिजय प्रति खरेल भन्छन्, ‘सर्व प्रथम जेकलाई हार्दिक बधाई छ । स्थानीय स्तरमा यसपाली हामीले नेपाली समुदायको थानीय मुद्दालाई सहयोग र समर्थन गर्ने लाई सहयोग सल्लाहा गर्यौ त्यही अनुरूप उनिलाई सहयोग गरियो।’
‘जेकले नेपाली समुदाय चिन्छन्, हाम्रा आवस्यकताहरू बारे जानकार छन् र हामी सँग सहकार्य गरेर अगाड़ि बड्न पंक्तिबद्ध उनको जितले लङ्ग आइल्याड, न्यू योर्कमा बस्ने नेपाली समुदायलाई फ़ाइदा पुग्ने छ।’ खरेलको भनाई छ।
यसै गरि एनआरएनएए अमेरिकाका बोर्ड अफ डाइरेक्टर विश्वराज बास्तोलाले पनि आफुहरुले समर्थन गरेको उमेदवारले ब्लुम्यानक्यान्सले जितेकोमा बधाई ज्ञापन गरेका छन्।