अमेरिकामा चुनाव : नेपालीमुलका तीन जना विजयी
पेन्सिलभेनिया,अमेरिका / अमेरिकामा भएको निर्वाचनमा नेपालीमुलका तीन जनाले सफलता पाएका छन्।
मंगलवार सम्पन्न निर्वाचनको प्रारम्भिक नजिता आउदै गर्दा दुई जना राज्यसभा र एक जना नगर परिषद्मा निर्वाचित भएका हुन्।
नेपालीमुलका पहिलो अमेरिकी सांसद हुने कीर्तिमान बनाएका डाक्टर ह्यारी भण्डारीले इतिहास दोहोर्याएका छन्।
डेमोक्याटिक पार्टीका उनी मेरिल्याण्डराज्य हाउस अफ डेलिगेट्सको डिस्ट्रिक्ट-८ बाट पुन निर्वाचित भए। यो क्षेत्रको तीन सिट सबैमा डेमोक्रेटले कब्जा जमाउदा दोस्रो कार्यकालका लागि निर्वाचित भण्डारी सर्वाधिक मतसहित शिर्ष स्थानमा रहे। भण्डारीले २० दशमलव २७ प्रतिशत मत पाएका छन्।
अमेरिकामा रहेको नेपाली समुदायलाई अर्को खुसी न्युयोर्कमा पनि मिलेको छ। सरहाना श्रेष्ठले न्यूयोर्क राज्यको विधान सभामा स्थान बनाइन। जिल्ला १०३ मा श्रेष्ठले रिपब्लिकन रियाल्टर प्याट्रिक सिहानलाई हराइन।
श्रेष्ठ अमेरिकी संसदमा प्रतिनिधित्व गर्ने दोस्री नेपालीमुलकी हुन्, महिलामा भने उनी पहिलो भएकी छिन् । ग्राफिक डिजाइनरको विद्यार्थीको रुपमा अमेरिका आएकी पछिल्लो समय न्याय र जलवायु परिवर्तनका क्षेत्रमा सक्रिय छिन्। उनले ३५ हजार ४ सय ९३ मत ल्याएर चुनाव जितेकी हुन् ।
त्यसो त डेमोक्रयाटिक पार्टीकी सरहानाले प्राइमेरीमा २२ वर्ष देखि चुनाव जित्दै आएका उमेदवारलाई हराएकी थइन्।
यस्तै प्रदीप ढकाल भर्जिनिया राजज्यको हर्नडन नगर परिषद सदस्यमा पुन निर्वाचित भएका छन्। उनी तेश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।