विश्व किर्तिमानी लोटरी पावरबल जित्ने व्यक्ति लस एन्जलसका
पेन्सिलभेनिया,अमेरिका / विश्व किर्तिमानी रकमको लोटरी अमेरिकाको क्यालिफोर्निया स्थित लस एन्जसका व्यक्तिले जितेका छन् ।
क्यालिफोर्नियाको अल्टाडेना स्थित जोको सेवा केन्द्रबाट बिक्रि भएको टिकटले २.०४ बिलियन अमेरिकी डलर पावरबल लटरीज्याकपोट जितेको क्यालिफोर्निया लोटरी ट्विटरमा उल्लेख छ।
सोमबार साझ हुनुपर्ने ड्र प्राविधिक कारण देखाउदै मंगलवार मात्र नतिजा सार्वजनिक गरिएको थियो।
मंगलबार बिहान घोषणा गरिएको विजेता नम्वर १०-३३-४१-४७-५६ र पावरबल १० थियो ।
ज्याकपोटको रेकर्ड १.९ बिलियन डलर थियो तर ड्रको समयसम्ममा २.०४ बिलियन डलर पुगेको थियो।
क्यालिफोर्निया लटरीका प्रवक्ता क्यारोलिन बेकरले भने, विजेता अझै अगाडि आउन बाँकी छ, “कसैले आज बिहान एउटा धेरैमहत्त्वपूर्ण कागज समातिरहेको छ।“
बेच्नेलाई पनि टिकटले एक करोडपति बनायो:
किर्तिमानी लोटरी टिकट बेच्ने ग्यास स्टेशनका मालिक पनि मिलियनर भएका छन् ।
ग्यास स्टेशनका मालिक जोसेफ चहेदलाई विजयी टिकट बेचे वापत एक मिलियन डलर पुरस्कार दिइने छ।
सन् १९८० मा सिरियाबाट आफ्नी श्रीमती र दुई छोराछोरीसहित अमेरिका आएका छाहेदले पत्रकारहरूलाई भने कि उनी मंगलबार बिहानक्यालिफोर्नियाका लटरी अधिकारीहरूलाई पर्खिरहेका छन् ।