प्राविधिक समस्याका कारण विश्वकै ठूलो लोटरी पावरबल ड्रमा ढिलाइ
पेन्सिलभेनिया, अमेरिका / सुरक्षा प्रोटोकलमा समस्या देखाउदै विश्वकै सर्वाधिक रासीको लोटरी पावरबल ड्रमा ढिलाइ भएको छ।
सोमवार राति न्यूयोर्क समय अनुसार ११ बजे हुने पर्ने ड्रको पुरस्कार रासी १.९ बिलियन थियो। ज्याकपोटको प्रतिक्षामा रहेकाहरुले फेरि पनि कुर्नु पर्ने भएको छ।
पावरबलका अधिकारीहरुले मंगलवार बिहान विज्ञप्ति जारी गर्दै एक सहभागिले अझै पनि यसको बिक्रि र खेल डेटा प्रशोधन गरिरहेको र विजयी नम्वर घोषणा गर्नु अगाडि सहभागि ४८ राज्यको लोटरी डेटा पेश गर्न आवश्यक छ भनेका छन्।
हालको पावरबल ज्याकपोटको लागि नगद करिब ९२९.१ मिलियन रहेको छ।
विज्ञप्तिमा भनिएको छ,’पावरबलले खेलको अखण्डतालाई जोगाउन कडा सुरक्षा आवश्यकताहरू राखेको छ र सबै खेलाडीहरूलाई जित्ने उचित मौका दिने राख्न प्रतिबद्ध छ।”
अधिकारीहरुले ग्राहकलाई टिकट सुरक्षित राख्न आग्रह गरेका छन्। ‘सुरक्षा प्रोटोकलहरू पूरा भएपछि चिठ्ठा सुरक्षा अधिकारीहरू र स्वतन्त्र लेखा परीक्षकहरूको निरीक्षणमा ड्र गरिने छ’ विज्ञप्तिमा भनिएको छ।
सन् २०१६ मा पावरबलमा १.५८६ बिलियनको ज्याकपोटको कीर्तिमान थियो। शनिवार १.६ बिलियन डलरको पुरस्कार कसैले जित्न नसकेपछि रकम बढेको हो।
अमरेरिकामा शनिवार राति पावरबल ज्याकपोट कसैलाई परेन,अब सोमवारका लागि १.९ बिलियन पुग्यो