सिकागोमा समता साँझ तथा सुसोभन समारोहको तयारी पुरा
सुमन वस्ती, स्प्रिंगफिल्ड, इलिनोई
सिकागो, अमेरिका / नेपालको समता स्कुललाइ आर्थिक सहयोग संकलन गर्न समता ग्लोबल सिनेटको आयोजना र सिकागोल्यान्ड़का सम्पूर्ण सामाजिक संस्थाहरुको सहआयोजनामा हुने समता साँझ तथा सुसोभन समारोहको तयारी पुरा भएको आयोजकले जनाएका छन्।
समता साँझ सिकागोमा इलिनोइ राज्यको सिकागो शहरमा नोभेम्बर ६ तारिख आइतबार हुने छ। अमेरिकाको विभिन्न ११ स्थानमा हुने समता साँझ तथा सुसोभन समारोह नोभेम्बर पाँच तारिक शनिवार न्यूयोर्कबाट शुरु हुदैछ।
कार्यक्रममा नेपालका बरिष्ठ कलाकार मह जोडी ( मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य) ले नयाँ समता सिनेटरहरुलाई सम्मान गर्नुका साथै आफ्नो प्रस्तुति दिनुहुने छ।
सिकागोल्यांडमा बसोबास गर्ने बिभिन्न जातजातीका परम्परा झल्कने खालका गित र नृत्यहरु स्थानीय कलाकारहरु द्वारा प्रस्तुत गर्न लागिएको सो कार्यक्रममा नेपालका प्रख्यात गायक रामकृष्ण ढकालका कालजयी गितहरु समेत प्रस्तुत गर्न लागिएको व्यहोरा आयोजक समितीका सदस्य जितेन्द्र राणाले जानकारी दिनु भयो ।
समता स्कुलले नेपालका बिपन्न समुदायका बिध्यार्थीहरु समेतलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उदाहरणिय कार्य गरेको कुरा बताउदै सो पुण्य कार्यमा केहि हद सम्म सहयोग गर्ने अवसर पाएकोमा खुशी ब्यक्त गर्दै सिकागोमा आयोजना गर्न लागिएको यस कार्यक्रमलाई सिकागोल्याण्ड मात्रै नभई अमेरिकाको मध्य-पश्चिम क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले व्यग्रता पुर्बक प्रतिक्षा गरिरहेको कुरा आयोजक समितिका सह संयोजक तथा सिकागो नेपाली फ्रेन्डसिप सोसाइटीका पुर्ब अध्यक्ष खेम पाठकले जानकारी दिनु भयो ।
कार्यक्रमका संयोजक तथा समता सिनेटर गोपेंद्र भट्टराईले सिकागोका सामाजिक संघ संस्थाका पदाधिकारीहरु र स्थानीय समाजसेवीहरुको सहयोगमा तैयारी पुरा भएको र कार्यक्रमको टिकट “सोल्ड आउट” हुन लागेको जानकारी दिदै अझै पनि टिकट खरिद गर्न चाहानु हुने महानुभावहरुले https://www.eventbrite.com/e/chicago–tickets-413694410117 लिंक मार्फत अनलाइन टिकट किन्न सकिने कुरा बताउनु भयो ! कार्यक्रम सिकागोको २८४५ वेस्ट देवान एभेन्यु (2845 W Devon Ave, Chicago, IL 60659) मा अबस्थित क्रोएसियन कल्चरल सेन्टरमा आयोजना गर्न लागिएको छ जानकारी दिनु भयो !