अमेरिकामा नेपालीहरुको नयाँ फुटबल क्लब स्थापना,मैत्री खेल मार्फत घोषणा हुँदै
पेन्सिलभेनिया,अमेरिका / अमेरिकामा नेपाली समुदायलाई लक्षित गरेर नयाँ फुटबल क्लब स्थापना भएको छ।
विषेश गरि पेन्सिलभेनिया राज्यमा रहेका युवा खेलाडीलाई लक्षित गर्दै नयाँ क्लब स्थापना गरिएको जनाइएको छ।
नयाँ क्लबको नाम ‘फिलाडेल्फिया राइजिङ फुटबल क्लब’ राखिएको छ। क्लबको फाउण्डर तथा कप्तान अवश्य जङ्ग रायमाझी रहेका छन्।
क्लबको औपचारिक घोषणाका लागि नोभेम्बर पाँच तारिक बिहान मैत्री पूर्ण खेल राखिएको छ। मैत्रीपूर्ण खेलको व्यवस्थापन पेन्सिलभेनिया नेपाली गुठीले गर्ने छ।
पेन्सिलभेनियाको किङ्ग अफ पर्सिया स्थित वाइएससी स्पोर्टसको इन्डोर हलमा फिलाडेल्फिया राइजिङ फुटबल क्लब र भर्जिनियाको युनाइटेड नेपाली एफसी बीच मैत्री खेल हुने छ।
‘नोभेम्बर पाँच तारिक शनिवार विहान दश बजे खेल शुरु हुने छ। फिलाडेल्फिया राइजिङ फुटबल क्लबको औपचारिक घोषणाका लागि मैत्री खेल राखेका हौ।’ कप्तान रायमाझीले समाज टाइम्स सँग भने।
रायमाझीका अनुसार फिलाडेल्फिया राइजिङ फुटबल क्लबमा पेन्सिलभेनियामा उपलब्ध नेपाली खेलाडीलाई समेटिएको छ।
‘पेन्सिलभेनियामा विभिन्न काउन्टीमा रहेका क्लब, स्कूल तथा विश्वविद्यालयमा खेल्दै गरेका नेपाली समुदायकाका उत्कृष्ट खेलाडी समेटेर टिम बनेको हो।’ रायमाझीले भने, ‘भोली अन्यक्षेत्रमा गएर पनि खेल्ने हो, क्यालिफोर्निया देखि न्यूयोर्क सम्म हामी खेल्न जान्छौ, हाम्रो यात्रा लामो छ।’
उनले स्थानीय समुदाय, संघ सस्था र व्यावसायीको सहयोगमा भविश्यमा व्यवसायी टिम नै बनाउने गरि तयारी गरिएको बताए।
‘अहिले टिममा १४ जना छन् भविश्यका लागि यो शुरुवात हो, पेन्सिलभेनियाका नेपाली समुदायका खेलाडीहरुका लागि।’ रायमाझीले भने, हाम्रो अनुभव प्रयोग गरेर युवाहरुका लागि बाटो देखाउने हो।’
रायमाझीले पेन्सिलभेनियामा रहेका सबै नेपालीलाई खेलकुदबाट जोड्ने लक्ष्य रहेको बताए।’ विभिन्न जात, राजनैतिक विचार, क्षेत्रगत भन्दा माथि उठेर सबैलाई एकै ठाँउमा ल्याउने लक्ष्य हो,मुख्य रुपमा युवा वर्ग गलत बाटोमा नलागुन भन्ने हो।’
पेन्सिलभेनिया नेपाली गुठीले यस पटकको मैत्री खेलको व्यवस्थापनका साथै विजेतालाई नगद पुरस्कारको जिम्मा लिएको छ। यस्तै क्यालिफोर्नियाका व्यावसायी बर्मिज अमेरिकन चोमार मुख्य प्रायोजन गरेकी छिन्। साथै पेन्सिलभेनियाका अन्य संस्था तथा व्यवसायीले पनि मैत्री खेललाई सहयोग गरेको रायमाझीको भनाई छ।
मैत्रीपूर्ण खेलमा सहभागि हुने टिमका खेलाडी
फिलाडेल्फिया राइजिङ एफसी:
समिर खनाल
सौगात दवाडी
सुजन लामा
सखिल नेपाल
अबश्य जंग रायमाझी (कप्तान)
कृष्ण पुवार
पूर्ण बिडीआर दर्जी
कोशिस गुरुङ
सुमित घिमिरे
विवेक मोक्तान
निरजान अधिकारी
अतित गुरुङ
ओजस प्रधान
पूर्णबहादुर दर्जी
हिमाल गिरी
युनाइटेड नेपाल एफसी
1. एलेक्स बस्नेत (कप्तान)
२. पियुष घिमिरे
3. उत्सव घिमिरे
४. सम्राट बस्नेत
५. कुशल अधिकारी
६. सार्थक दाहाल
७. मनिष बस्ताकोटी
८. सौगात अधिकारी
९. सुमेश आचार्य
१०. टेनिस कटुवाल
११. समिर थापा