‘भोट नदिए पाप धुरीबाट कराउँछ’ : प्रचण्ड
पोखरा । सामाजिक सञ्जालमा चर्को आलोचना खेपिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव नजिक भएसँगै धम्कीको भाषा प्रयोग गरेका छन् ।
बिशेषगरी प्रतिश्पर्धात्मक राजनीतिमा घुर्की र धम्कीका लागि आलोचित प्रचण्डको सकसपूर्ण अवस्थामा यस्ता अभिव्याक्ति आउने गर्दछ । उनले सत्ता गठबन्धनका कार्यकर्ताले एक–अर्काको चुनाव चिह्नमा भोट नहाल्ने कुरोलाई सुसाइडको रूपमा व्याख्या गरेका छन् ।
सत्ता गठबन्धनको निर्णयलाई कार्यकर्ताले नमान्ने बिषयमा उनले यस्तो बताएका हुन् । ‘गठबन्धनलाई भोट नहाल्नु सुसाइड हो । तपाईं आफू नि जित्नु हुन्नँ, अर्काले नि जित्दैन । ।’ उनले भनेका छन ।
प्रचण्डले जबसम्म देशमा प्रतिगमनको खतरा रहन्छ त्यतिबेलासम्म गठबन्धन रहने भन्दै उनले गठबन्धनका उम्मेदवारलाई भोट दिने कि नदिने भनेर मनमा पाप पलाए पाप धुरीबाट कराउने धम्की दिएका छन् । ‘हाम्रो अर्कोतर्फ प्रतिगामी, राजावादी छन् जो देशलाई खण्डित गर्न चाहन्छन्’ उनले भने ।
राजावादीलाई परास्त गर्न नै गठबन्धनभएको उनले बताए छन् । पोखरा स्थित कार्यकर्ता भेलामा यी कुरा बताएका हुन् ।