अमेरिकाका लागि पाँच जना पर्यटन सद्भावना दूत नियुक्त
पेन्सिलभेनिया,अमेरिका। अमेरिकाका लागि पाँच जना पर्यटन सद्भावना दूत नियुक्त भएका छन्।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले (अक्टोबर २९ तारिक) असोज १३ गतेको मितिमा अमेरिकामा रहेका पाँच जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको जनाएको छ।
नियुक्ति पाउनेमा टेक्सासका चेतनाथ भट्टराई डल्लास र उद्धव खनाल, न्यू ह्याम्पशायरका शिव कुमार राई, न्यूयोर्कका केशव राम राई र मेरिल्याण्डका टंक कुँवर रहेका छन्।
नेपाल सरकार मन्त्रीस्तरको मिति २०७९/०६/०९ को निर्णयानुसार सद्भावना दूत सम्बन्धी कार्यविधि,२०७९ को दफा (७) बमोजिम नियुक्ति गरिएको जनाइएको छ।