यूएन मुख्यालय अगाडि अनिशा थापाको प्रश्न ‘मेरी आमाले ९० वर्षिया उनका आमाबाबुलाई कहिले भेट्ने?’
सबैलाई नमस्कार, मेरो नाम अनिशा थापा हो। म फेसन मर्चेन्डाइजिङ र फेसन डिजाइन अध्ययन गर्ने कलेज विद्यार्थी हुँ।
आज म मेरी आमाको कथा सुनाउन चाहन्छु। मेरी आमा ५८ वर्षकी हुनुहुन्छ र मेरो जीवनमा धेरै महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ। म उहाँमा आघात र बिछोडको चिन्ताबाट पीडित देख्छु।
मेरी आमा २६ वर्षकी हुनुहुन्थ्यो जब भुटानबाट आफ्ना पाँच छोराछोरी लिएर नेपाल आउदा। उहाँ प्रायः आफ्नो आमाबुबा भुटानमा कसरी बसेका छन् भन्नेमा नै चिन्तित हुनुहुन्छ। परिवारमा बिछोड हुदाँको पीडा सुनाउनु हुन्छ।
किनकी मेरी आमाको आमाबुबा, चार दाजुभाइका परिवार र उहाँका धेरै आफन्तहरू अझै पनि भुटानको चिराङमा बस्दै हुनुहुन्छ।
मेरी आमा ठूलो परिवारमा हुर्किनुभयो। चाडपर्वमा कसरी ठूलो जमघट हुने गर्दथ्यो भन्ने उहाँ अझै सम्झनु हुन्छ । मुख्यगरी दाजुभाइबीचको विशेष सम्बन्धलाई मनाउने पर्व भाइटीकाको समयमा, म भन्न सक्छु कि उहाँ आफ्ना दाजुभाइसँग भेटहुन कति उत्सुक हुनुहुन्छ।
मेरी आमाले यो कुराले कति असर गरिरहेको छ भनेर नदेखाउने प्रयास गर्नुहुन्छ, तर म अझै पनि उहाँको आँखामा पीडा देख्न सक्छु । उहाँलाई म र मेरो परिवारबाट आफ्नो दुःख लुकाउन कत्ति गाह्रो छ।
जब म मेरी आमालाई आघात र बिछोडको चिन्तासँग संघर्ष गरिरहेको देख्छु, यसले मेरो हृदय टुक्राटुक्रा गर्छ किनकि म मेरा आमाबुबा वा दाजुभाइलाई नदेखेर यति वर्षसम्म टाढा भएको कल्पना गर्न सक्दिन।
यो धेरै महत्त्वपूर्ण छ कि मैले यो कथा सुनाउनु पर्छ किनभने मेरा हजुरबुबा हजुरआमा ९० वर्ष भन्दा माथिका छन् ।
मेरी आमा ढिलो नगरि उहाँहरूलाई भेट्न चाहानुहुन्छ। आमाले आफुलाई असहाय महसुस गर्दै हुनुहुन्छ। यो समय उहाँहरु सबै सँगै हुनु पर्ने हो तर त्यो हुन सकिरहेको छैन।
मेरो भ्रमणको कारण भनेको मेरी आमाको कथा सुनाउनु मात्र होइन, दुख र विछोडको चिन्तासँग जुधिरहेका हजारौं परिवारका कथाहरूमा प्रकाश पार्नु पनि हो।
(भुटानमा शान्ति र मेलमिलापका लागि पीस एनिसेटिभ भुटानद्वारा बुधवार अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालय अगाडि आयोजित शान्ति र्यालीमा थापाको भनाई)
यो पनि हेर्नु होस् : (भुटानमा रहेका आफन्त सँग भेटघाटको माग गर्दै अमेरिकामा र्याली)