जनसम्पर्क समितिका सभापति विष्ट र महासचिव नेम्वाङ्गलाई अमेरिकी अदालतले बोलायो
न्यूयोर्क, अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टलाई न्यूयोर्क शहरको सिभिल कोर्टले पनि उपस्थित हुन आदेश दिएको छ। यस्तै समितिका महासचिव मुनिन्द्र नेम्वाङ्ग पनि अमेरिकी अदालतले बोलाएको छ।
‘कर छली’ र ‘मनी लन्डरिङ्ग’ को विषयमा विष्ट र नेम्वाङ्गलाई अदालतले बोलाएको बताइएको छ। बिष्टलाई नेपाल स्थित उच्च अदालत पाटनले पनि अर्को फरक विषयमा उपस्थितिको लागि यस अगाडि नै आदेश दिएको छ। (पाटन उच्च अदालतको आदेश सम्वन्धी समाचार पढ्न यहाँ क्लिक गर्नु होला।)
न्यूयोर्क निवासी सोमनाथ घिमिरे र सुवर्ण लामाले दिएको निवेदनको आधारमा न्यूयोर्ककै जमैका स्थित सिभिल अदालतले विष्ट र नेम्वाङ्गलाई उपस्थितिका लागि पत्र पठाएको हो।
समाज टाइम्सलाई प्राप्त (ब्यक्तिगत गोपनियताका कारण पत्र सार्वजनीक नगरिएको) सिभिल कोर्टद्वारा सुवर्ण लामाको नाममा पठाइएको पत्रको वोधार्थ गोरख विष्ट उर्फ आनन्द, मुनिन्द्र नेम्वाङ्ग र सोमनाथ घिमिरेलाई दिएइको छ।
पत्रमा डिसेम्बर दुई तारिक विहान साढे नौ बजे अदालतमा उपस्थित हुन भनिएको छ।
लामाका अनुसार २०७२ सालमा नेपालमा गएको भुकम्प पिडितलाई उठाएको रकममा कर छलि गरेको, अवैधानिक बाटो बाट पैसा नेपाल लगेको भन्दै कारवाहीको माग गरिएको छ।
‘उहाँहरुले गर्नु भएको काम कारवाही अमेरिकी कानुन विपरित भएको हुदाँ कारवाही गरिपाउ भनेर हामीले निवेदन दिएका हौ ।’ लामाले समाज टाइम्स सँगको कुराकानीमा भने ।
लामाका अनुसार नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि उठाएको क्रियाशिल सदस्यता शुल्क र महाधिवेशन प्रतिनिधिको शुल्कमा पनि कर छली र मनी लन्डरिङ्ग गरेको आरोप निवेदनमा लगाइएको छ। ‘चौवीस सय क्रियाशिल सदस्यको पैसा कसरी नेपाल पुर्याइयो केही खुलाइएकै छैन्, अमेरिकामा दर्ता भएको संस्थाको पैसा हुण्डीको बाटो नेपाल लगिएको छ।’ लामाले भने।
भुकम्प पिडितका लागि उठाइएको रकम हिनामिना भएको भन्दै तत्कालिन समयमा विष्ट र नेमवाङ्गले एकले अर्कालाई कारवाही गर्दै संस्थाबाट निस्काशन गरेका थिए।
यस्तै सार्वजनिक कार्यक्रममै विष्टले भुकम्प पिडितका लागि उठाइएको चन्दा रकम बैधानिक बाटो बाट नेपाल लैजादा कर तिर्नु पर्ने भएकाले आफुले व्यक्तिगत तवरमा पैसा नेपाल लगेको बताउदै आएका छन्।
विष्ट अहिले नेपालमा छन्। ‘हातमा अझै अमेरिकी ग्रीनकार्ड,नेपालमा संसद टिकट माग’