राष्ट्रियसभाबाट पनि नागरिकता विधेयक पुन जस्ताको त्यस्तै पारित,अब राष्ट्रपतिको कदम कस्तो हुन्छ ?
काठमाडौं । राष्ट्रिय सभाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संसद्मा फिर्ता पठाएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई पुन जस्ताको त्यस्तै पारित गरेको छ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकले बहुमतद्वारा विधेयक पारित गरेको हो।
उक्त विधेयक यसअघि प्रतिनिधि सभाबाट पनि बहुमतले पारित भएको थियो । प्रतिनिधि सभाबाट पारित भएलगत्तै राष्ट्रिय सभामा पेस भएको थियो ।
राष्ट्रियसभाले उक्त विधेयकलाई छलफल गर्नका लागि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पेस भएको थियो । समितिमा दुई दिन छलफल गरेर उक्त विधेयक जस्ताको त्यस्तै पारित भएर बैठकमा पेस भएको थियो ।
यस अगाडि दुबै सदनले पारित गरेको विधेयकलाई राष्ट्रपतिले संसदमा फिर्ता पाठाएकी थिइन्। तर राष्ट्रपतिको सुझावलाई पन्छाउदै संसदको दुबै सभाले विधेयक जस्ताको त्यस्तै पारित गरेको हो।
सत्ता गठबन्धनले राष्ट्रपतिको कदमलाई ‘राजनीतिक’ भन्दै विधेयक जस्ताको त्यस्तै पारित गर्ने निर्णय गरेको थियो।
त्यस बीचमा विधेयक अड्काउन राष्ट्रिय सभा गणेश तिमिल्सिनाले चलखेल गर्न खोजेको आशंका समेत गरिएको थियो।
संविधानत विधेयक राष्ट्रपतिबाट हस्ताक्षर नगरे सम्म लागु हुदैन । संसदमा फिर्ता पठाएर पुन पारित भई आएको विधेयक अब राष्ट्रपतिलाई पारित गर्नुको विकल्प छैन। तर यो बीचमा राष्ट्रपतिले राजिनामा दिने सम्मका प्रसंङ्ग बाहिर आएका थिए।