नागरिकता विधेयक खारेजीको माग गर्दै प्रदर्शन
काठमाण्डाैै /नागरिक समाजले विवादास्पद नागरिकता विधेयक पुनः राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा खारेजीको माग गरेको छ ।आज नागरिक समाजले दबाबमूलक प्रदर्शन गर्दै यसको विरोध गरेको हो ।
स्वतन्त्र नागरिकले विभिन्न प्लेकार्डसहित नयाँ बानेश्वरस्थित एभरेष्ट होटलअघि प्रदर्शन गरेका हुन् । उनीहरुले आम नागरिकलाई नागरिकता विधेयक खारेजीका लागि सहयोग गर्न अपीलसमेत गरेका छन् ।
मुलुक बचाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य बोध गराउदै अपीलमा भनिएको छ ‘दल, राजनैतिक विचार र आस्था भन्दामाथि उठी विशुद्ध नागरिकको रुपमा एकजुट हौं’।