अल्फाबिटामा डोजर : मेयर बालेनप्रति संसद बस्नेतको ब्याङ्ग्य
काठमाडौं । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाए पछि यस बिषयलाई लिएर चर्चा चलेको छ ।
अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए ।
तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई ‘डन नबन्न ‘ चेतावनी समेत दिएका थिए । । तर पछि अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । तर महानगरको टोलीले त्यसलाई सुनेन ।
डोजरमार्फत अवैध रुपमा हालेको सटर हटाएको छ ।
यस बिषयलाई लिएर एमाले नेता महेश बस्नेतले ब्याङ्ग्य गर्दै मेयर बालेनप्रति २-४ सय फेसबुके फ्यान भएर नमात्तिन सल्लाह दिएका छन्।
के हो अल्फाबिटा ?
संचालक द्विराज शर्मा सिवाकाेटीका अनुसार अल्फाबिटा यस इन्स्टिच्युटले नेपालबाट १३ वटा देशका २२७ विश्वविद्यालयमा अध्ययन गर्न जाने अन्तर्रास्ट्रिय विद्यार्थीलाई परामर्श दिन्छ। वर्ष कम्तिमा १ हजार ५ सय विद्यार्थी अल्फाबिटाबाट विदेशमा अध्ययन गर्न जान्छन ।
हाल अल्फाबिटा ग्रुप अन्तर्गत नेपालमा फंशन सेन्टरको रुपमा अल्फा हाउस बेन्क्वेट, हिमालयन जाभासंगको सहकार्यमा अल्फा जाभा कफी सप खोलेको छ भने काठमाडौंको बानेश्वरमा आफ्नै भवनसहित रिएल स्टेट ब्यापार पनि संचालन गर्दै आएको छ । अल्फाबिटा ग्रुपले नगर कोटमा २५ रोपनीमा एक रिसोर्ट पनि निर्माण गर्दै छ ।
संसद बस्नेतको यो स्टाटसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।