गोपाल नेपाल फिष्टेले अमेरिकाबाट ल्याए तीज गीत ‘बाबा ज्यूको आगनी’
केन्टकी । पछिल्लो समय अमेरिका बसोबास गर्दै आएका चर्चित हाँस्यकलाकार गोपाल नेपाल “फिष्टे”को निर्देशन रहेको तीज गीत बाबा ज्यूको आगनी सार्वजनिक भएको छ।
गायिका वानिका प्रधानको स्वरमा सजिएको तथा अर्जुन थापाको शब्द संगीतमा बनेको तीज गीत युटुब मार्फत सार्वजनीक गरिएको हो ।
गीत चेलीको रहर वेदन का बिषयमा रहेको छ । गीतले परदेशमा रहेका चेलीहरुको कथा व्यथा समेटेको छ । गीतमा निरु थापा गोमा नेपाल ,सरस्वती तिवारी, मन्दिरा दाहाल, मंजु थापा, सलिना तिवारी,रंजिता ढकाल तथा धेरै साथीहरुको अभिनय रहेको छ ।
सलिना राई कोरियोग्राफ़ी रहेको गीतको भिडियोमा क्यामेरामा अर्जुन थापा रहेका छन्।