एनआरएनए अमेरिका : नर्थक्यारोलिनाले ‘मिस’ गरेका अनुहार, एजेण्डामा जिते,व्यक्ति छुटे
“देख्यौ बुद्दि सुवेदी तिमिले चुनाव त जितेका थियौ, तर एजेण्डामा हामीले जित्यौ” भन्दै साधारण सभामा छाति चौडा गर्ने अवसर उनीहरु आफैले खेर पठाए।
पेन्सिलभेनिया, अमेरिका। (नर्थ क्यारोलिनाबाट फर्केपछि) गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको साधारण सभा जुलाई ३-४ नर्थ क्यारोलिनाको रालेमा सम्पन्न भयो।
‘एकता’ साधारण सभा भनिए पनि अमेरिकामा रहेका एनआरएनएहरु ए…कता ? भन्ने अवस्थामा थिए। अघिल्लो वर्ष भएको एनआरएनए अमेरिकाको चुनावमा जित्नेहरु प्रायस नर्थ क्यारोलिनामा देखिए भने हार्नेहरु मध्ये धेरैले टेक्सासमा छुट्टै भेला गरे। गत साल अध्यक्ष पदमा बुद्दि सुवेदी पहिलो भएका थिए। कृष्ण लामिछाने, डाक्टर अर्जुन बञ्जाडे र तिलक केसी हारेका थिए।
हार्नेको भेलामा नेकपा एमाले नेता तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे प्रमुख अथिति भए। संस्थापन पक्षको साधारण सभामा नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकास शर्मा प्रमुख अथिति थिए।
रकेट साइन्स, हाफ कट्टु, छड्के टोपी र पन्द्र-बीस, पन्द्र-बीस
पछिल्लो ८ वर्ष देखि अमेरिकामा छु। तर एनआरएनएको साधारण सभामा पहिलो पटक सहभागि भए। विश्वमा सबै भन्दा धेरै सदस्य भएको एनसीसीमा अमेरिका पहिलो हो। त्यसमा पनि विज्ञ सम्मेलन पनि हुने भनेपछि, नर्थ क्यारोलिना जाने हुटहुटी जागेको थियो।
झन् जुन ६ तारिक गौरी जोशीको रोहवरमा बुद्दि सुवेदी र कृष्ण लामिछानेले ६ बुँदे सहमति पत्रमा सहस्ताक्षर गर्दै टेक्सासमा केक काटे पछि ल अब चै जानु पर्छ भन्ने भएको थियो। तर २१ दिनमा कृष्ण लामिछानेले सम्झौता रद्द भएको भने । तैपनि मेरो योजना परिवर्तन भएन। कृष्णले सहमति कार्यन्वयन बुद्दि सुवेदी इमान्दार नभएको आरोप लगाएका थिए।
जुलाई २ तारिक लगभग १० घण्टाको स्थल यात्र हुँदै नर्थक्यारोलिना पुगे। साधारण सभाको उद्घाटन जुलाई ३ तारिक बिहान ९ बजेका लागि तय गरिएको थियो। यसको अर्थ एकाध घण्टा दुरी बाहेकका सहभागि अघिल्लो दिन नै कार्यक्रम स्थल पुग्नु पर्ने हो। तर होटलमा फाटफुट मात्र देखिएका थिए। अरुको कुरै छाडौं कन्भेनर तथा उपाध्यक्ष सुमन थापा नै त्यहाँ थिएनन्। त्यसो त उद्घाटन समारोहमा स्वागत मन्तव्य दिदाँ भक्ति थापाको सन्तान हु भनेका उनी पाहुनाको विदाई गर्नु अगाडि नै होटल छोडिसकेका थिए। कन्भेनर जस्तो व्यक्ति न त पाहुनाको स्वागतमा न त विदाईमा। ढिलो आएर छिटो फर्किनेमा थापा नै अगाडि देखिए। तर पनि भने ‘म भक्ति थापाको सन्तान’
कोषाध्यक्ष राजिव श्रेष्ठको गेटअप सम्झदा अहिले पनि हासो उठ्छ। जुलाई २ तारिक साँझ पाहुनाका लागि ‘वेलकम डिनर’ जान भनियो। बस्ने होटलबाट पैदल दुरीमा एउटा रेष्टुरेन्टमा छिर्दै गर्दा राजिव, पन्द्र-बीस, पन्द्र-बीस भन्दै थिए।
खासमा हामी केही साथि आफै कुनै रेष्टुरेन्ट छिर्ने योजना बनाउदै गर्दा सबै पाहुनाका लागि ‘वेलकम डिनर’ आयोजा गरिएको र त्यहाँ सबैलाई सहभागि हुन भनिएको थियो।
तर डिनर खान बोलाइएका पाहुनालाई गेटमा रोकेर कोषाध्यक्ष राजिव बिना रिसिप्ट पैसा उठाउदै थिए। अमेरिकामा सबैले सदैव नगद साथमा बोक्छन भन्ने हुदैन। बिना पूर्व सूचना गेटैमा नगद माग्दा पाहुनालाई असुविधा हुन्छ भन्ने सायद उनले सोचेनन्।
अर्को तर्फ उनको गेटअप गजव थियो। टोपि छड्के पारेर लगाएका, टिसर्ट र हाफकट्टुमा रहेका राजिव एउटा हातको औलामा डलर च्यापेर अर्को हातले हरियो ब्रेसलेट साट्दै थिए। उनको गेटअप र औलाले नोट च्यापेको दृश्यले मस्तिस्कमा रत्नपार्कमा भाइक्रोबस चड्दाको याद ताजकी गराइदियो ।
त्यसो त राजिवलाई उनका समकक्षि ‘रकेट साइन्टिस’ भन्ने गर्छन। पछि मैले उनै सँग कुरा गर्दा बोइङ्ग कम्पनिमा काम गरेका रहेछन् । जहाजको इन्जिन बनाउने काम गर्ने उनी, २८ वर्ष भन्दा बढी समय देखि अमेरिकामा छन्। नियम कानुन बुझेका अनि एनआरएनए अमेरिकाको कोषाध्यक्ष जस्तो व्यक्ति डिनरका लागि आफैले बोलाएको पाहुनालाई हाफकट्टु लगाएर १५-२० डलर उठाउदै थिए ।
‘एनआरएनए अमेरिकाको कोषाध्यक्षको हैसियत’ मनमनै सोचे, मेरो अगाडि भएका एक मित्रले १५ डलर निकालेर दिए, मैले पनि १५ डलर निकालेको राजिवले भने “अब त बीस डलर।” मैले त्यहाँ प्रतिप्रश्न गरिन।
भित्र खाना खादाँ एनआरएनए आइसीसीका सचिव राजन त्रिपाठी, एनआरएनए अमेरिकाका बोर्ड सदस्य सन्तोष पहाडी गफिदै थिए। “हामी जहाँ गए पनि नसुद्रिने भयौ, खानाको अर्थ पेट भर्नु मात्र होइन तर पनि मैले गुनासो गर्न छोडे।” पहाडी भन्दै थिए।
“भोक मिठो कि भोजन” बहस हुदै गर्ला, गुणस्तरको बारेमा पनि आआफ्नै तर्क होला, तर आफैले बोलाएको पाहुनाका लागि कोषाध्यक्ष जस्तो मान्छे आफै गेटमा बसेर बिना पूर्व सूचना पैसा उठाउनु कति व्यवहारिक ? त्यो पनि रसिद बिना। सानो कोठामा मुस्किलले ४० जना थिए होला तर सबैलाई एकै पटक बसेर खान पुग्ने ठाँउ थिएन। अमेरिकामा १५ डलर भन्दा कममा बफे लञ्च वा डिनर आरामले खान पाइन्छ।
एउटा डिनर पार्टीको त गतिलो व्यवस्थापन गर्न नसक्ने हामी एनआरएन देश विगार्यो भनेर नेतालाई सबै भन्दा बढी गालि गर्नेमा पर्छौ। तैपनि हामी देश बनाउने ठूला ठूला योजना बनाउन भने छोड्दैनौ।
यति भन्दा भन्दै पनि पदाधिकारीमा साधारण सभामा सबै भन्दा धेरै कोही खटेको थियो भने त्यो कोषाध्यक्ष राजिव श्रेष्ठनै थिए। हरेक पटक भेट्दा उनको गुनासो हुन्थो पैसो उठेन, संस्था घाटामा जाने भयो भन्दै सुस्केरा हाल्थे। तर जति पटक उनीसँग भेट हुन्छन, मलाई वेलकम डिनरको त्यो गेटअफले हसाउथ्यो। औलामा डलर च्याप्ने तरिका।
साधरण सभामा उपस्थिति न्यून
एनआरएनएमा यसै पनि चाम घट्दै छ। अझ अघिल्लो जुलाई ४ मा न्यूयोर्कमा भएको एनआरएनए अमेरिकाको साधारण सभामा पदाधिकारीहरु नै हात हालाहालको अवस्थामा पुग्नु, आइसीसीको महाधिवेशन रमिते हुनु, पदका लागि विधान संसोधन गर्दै तीन अध्यक्ष सहित तीन जम्मो कार्यसमिति बनाउनुले पनि एनआरएनए भनेर छाति फुलाएर हिड्ने अवस्था छैन।
माथि पनि भने अमेरिका विश्वमा रहेका ८४ एनसीसीमा सबै भन्दा धेरै सदस्य भएकोमा पर्दछ। २० हजार भन्दा धेरै सदस्य छन अमेरिकामा। तर साधारण सभाको उद्घाटनमा मुस्किलले दुई सय थिए। नर्थ क्यारोलिनामा नेपालीहरुको बाक्लै बसोबास छ। त्यहाँ रहेका नेपाली पनि हलमा कमै देखिन्थे ।
हुन त ७० प्रतिशत मत हामी सँग छ भन्दै टेक्सासमा भेला बोलाएकाहरुको पनि हरिविजोग नै थियो। सार्वजनिक भएका तस्वीरहरुमा दोहोर्याएर गन्दा पनि ५० जना कट्न मुस्किल छ। नर्थ क्यारोलिना भन्दा टेक्सासमा कयौ गुना बढी नेपाली बस्छन। अझ एनएनएको सम्मेलन पनि टेक्सासमा नै भएकाले ठूलो मास देखाउन सकेको भए टेक्सास भेलाले अर्थ पाउने थियो तर त्यो हुन सकेन। हार्नेहरुले कुण्ठा साध्नु बाहेक अर्को उपलब्धी एनआरएनए आन्दोलनमा हुने देखिएन। तर संस्थापन पक्ष सँग मोलतोल गर्का लागि भने यस्ता भेलाको पनि महत्व हुन सक्छ। “बल्छि नथापी माछा कहाँ पर्छ र ?”
हलमा भए जति सबैलाई आशण ग्रहण ४० भन्दा बढी बक्ता
उद्घाटन समारोह अत्यन्त पट्यार लाग्दो र अव्यवस्थित थियो। जुलाई ३ तारिक नौ बजे साधरण सभाको उद्घाटन शुरु हुने भनिएको थियो । तर दश बज्दा सम्म हलमा कुर्ची मिलाउने काम सकिएको थिएन्। साढे दश बजे तिर कन्भेनर सुमन थापा बाहिर लभिमा ब्यारन खोल्दै दिए। दुई घण्टा ढिलो गरि शुरु भएको उद्घाटन समारोहमा आसन ग्रहणका लागि आधा घण्टा भन्दा बढी समय खर्चिएको थियो।
कार्यक्रम संचालक एनसीसी अमेरिकाका महाचसिव अञ्जन चौलागाई निकै हड्बडाएका थिए। यति सम्मकी एनआरएनए आइसीसीका महाचसिव डाक्टर केशव पौडेललाई उनले एसनसीसी अमेरिकाका महासचिव भनेर सम्वोधन गरे। अध्यक्ष बुद्दि सुवेदीले दुई पटक गल्ति सच्याउन संकेत गरे तर महासचिव चौलागाईले पत्तो नै पाएनन्।
यसै त उपस्तिथि कम त्यसमा पनि कार्यक्रम पट्यारलाग्दो भए पछि हलबाट एक पछि अर्को गर्दै सहमाथि बाहिरिन थालेका थिए। बक्ताहरु पनि आफु बोले पछि बाहिरिन थालेका थिए। हलमा बोल्ने मात्र हुने देखिए पछि उद्घोषकले “लञ्च ब्रेक” भन्दै कार्यक्रम नै रोक्नु परेको थियो। कति जनाले भाषण गरे भन्ने लिस्ट उद्घोषक सँग नै थिएन। हलमा भएका प्रायस सबैले बोल्ने मौका पाए। बक्ताको संख्या ४० भन्दा बढी थियो।
पढ्दै नपढी प्रतिवेदन पारित
उद्घाटन शत्रमै दुई सय कट्न गाह्रो भएको साधारण सभाको बन्द शत्रमा हल खालि हुने त सामान्य कुरा भयो। साधारण सभाको बन्द शत्र कार्यसमितिको बैठक जस्तो थियो।
शुरुमा अध्यक्ष बुद्दि सुवेदीले आफ्नो प्रतिवेदन पुरै पढ्नु पर्छ भनेर सोधे । फ्लोरमा रहेका एक दुई जनाले पर्दैन पर्दैन, पास पास भने। मस्त मुस्कुराउदै सुवेदी विदा भए। त्यस पछि पालो महासचिव अञ्जन चौलागाइको। उनले माइक समाउदा नसमाउदै फ्लोरबाट फेरि पास पास भन्ने आवाज भयो। दुई मिनेट भित्र अध्यक्ष र महासचिवको प्रतिवेदन पास भयो।
त्यस पछि पोडियममा कोषाध्यक्ष राजिव श्रेष्ठ देखिए। उनलाई पनि पढ्न पर्दैन पास पास भन्दै थिए तर “अहिले पनि भन्न नपाए मैले कहिले भन्ने भन्दै” राजिवले आफ्नो प्रतिवेदन प्रोजेक्टरमा देखाएरै छाडे।
त्यस पछि विधान संसोधनमा छलफल हुने भयो। तर कार्यसमितिकै पदाधिकारी सवाल जवाफ गर्न थाले। कार्यसमितिका पादधिकारी बीचमा चर्काचर्की बढ्न थाले पछि फ्लोरमा रहेका अमेरिकाज क्षेत्रका उपसंयोजक रामकुमार सुवेदीले आफैले पारित गरेर ल्याएको एजण्डामा कार्यसमितिकै साथिहरुले चर्काचर्की गर्ने हो भने हाम्रो के काम भनेर प्रश्न गर्नु परेको थियो।
विषेश गरि गिफ्ट कार्डबाट सदस्य बन्न नपाउने र एउटा डेविट वा क्रेडिट कार्डबाट एउटै ठेगनाका चार जना भन्दा बढी सदस्य हुन नापाउने भन्ने प्रावधानमा कार्यसमितिकै केही पदाधिकारीको असन्तुष्टि थियो।
बोर्ड सदस्य आशिष संग्रौलाको प्रस्तुति अस्वाभाविक र अराजक थियो। सीपीए विराज रिजालले एभरेष्ट फेडेरल क्रेडिट यूनियनका सदस्यलाई एनआरएनको सदस्य बनाउने प्रस्तावलाई आशिषले छलफलमा नै लैजान दिएन। उनी अभद्र रुपमा उफ्रिए पछि बुद्दि सुवेदीको पनि जोर चलेन।
रोचक कुरा २० हजार सदस्य रहेको संस्थाको विधान संसोधनमा २० जना पनि छलफलमा सहभागि भएनन्। तैपनि विधान पारित भएको घोषणा गरियो। त्यसो त साधारण सभामा कति जनाले रजिष्ट्रेशन गरे, बहुमतका लागि कति जनाले ‘प्रोक्सी’ दिए भन्ने पनि खुलाइएन।
साधारण सभाका उपलब्धि
फित्तलो व्यवस्थापन, कम सदस्यको उपस्थिति भए पनि साधरण सभाले पाँच महत्वपूर्ण निर्णय गरेको छ।
१, आइसीसीसँग सम्वन्धन सम्वन्धि सम्झौताको अनुमोदन
२, आइसीसीकै मापदण्ड अनुसार सदस्यता वितरण गर्ने
३, गिफ्टकार्डबाट सदस्य बन्न नपाउने, डेबिट वा क्रेडिट कार्डबाट एउटै ठेगाना भएकामा बढीमा चार जना सम्म सदस्य बन्न पाउने।
४,च्याप्टर अध्यक्ष स्वत एनसीसी बोर्ड सदस्य
५, हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत ज्ञारेन्टी
शुरुवाती दुई एजेण्डामा संस्थापन सकारात्मक थिएन। उ बाध्य भएको हो। केही अगाडि सम्म बुद्दि सुवेदी कसैलाई टेर्ने अवस्थामा थिएनन्। बैठकमा बोल्न नदिएको भन्दै कृष्ण लामिछाने समुहबाट जितेका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थ, उपाध्यक्ष बिकास उप्रेति, दिक्षा बस्नेत लगायतको बिद्रोहले अध्यक्ष बुद्दि सुवेदी एक समय निकै अप्ठेरोमा परेका थिए। त्यही बेला उनकै खेमाबाट विजयी भएका अर्का उपाध्यक्ष गोपेन्द्र भट्टराईले पनि अत्तो थापेका थिए।
कलिङ काठमाडौलाई धोका दिएको भन्दै च्याप्टर अध्यक्षहरुको संयुक्त विज्ञप्तिले पनि बुद्दि सुवेदीलाई दवाव परेको थियो। त्यही बेला अमेरिकाज क्षेत्रका संयोजक प्रकास सापकोटाले कृष्ण लामिछानेको अध्यक्षतामा अर्को समिति गठन गरे पछि बुद्दि सुवेदीले गल्दै गएका हुन् र साइजमा आउन तयार भएका हुन्। जसको आधारमा जुन ६ तारिक टेक्सासमा ६ बुँदे सम्झौता भयो, केक पनि काटियो। तर त्यही केकको स्वाद नर्थक्यरोलिनामा सबै पक्षले लिन पाएनन्।
पछिल्ला केही महिना निकै हतास र अपरिपक्क देखिएका कृष्ण लामिछानेले समुहले उठाएको एजेन्डा नर्थ क्यारोलिनामा पारित भयो तर उनको समुहले थपडी बजाउनै पाएन। “देख्यौ बुद्दि सुवेदी तिमिले प्राविधिक रुपमा चुनाव त जितेका थियौ, तर एजेण्डामा हामीले जित्यौ” भन्दै साधारण सभामा छाति चौडा गर्ने अवसर उनीहरु आफैले खेर पठाए।
कृष्ण लामिछाने मात्र होइन यो मौका आइसीसी महासचिव गौरी जोशी, कोषाध्यक्ष सुनील शाह, अध्यक्षमा पराजित डाक्टर अर्जुन बञ्जाडे, तिलक केसीहरुले गुमाए। मान या नमान जोशी र शाहको सल्लाह बिना प्रकास सापकोटाले नयाँ तदर्थ समिति बनाए भनेर पत्याउने अवस्था छैन्।
गत वर्षको निर्वाचनमा जोशीको समर्थन कृष्ण लामिछाने र शाहको समर्थन बञ्जाडेलाई थियो। विपक्षीहरु तीन समुहमा भएको फाइदा उठाउदै डाक्टरद्वय यादव पण्डित र केशव पौडेल समर्थित बुद्दिले बाजि मारेका थिए।
एनआरएनए अमेरिकाको विवादका कारण पुरा विश्व नै तरङ्गित छ। गौरी जोशी र केशव पौडेलको टसलले यो विवाद उत्पन्न भएको हो । नर्थ क्यारोलिनामा एउटै मञ्चमा बसेर ल हामी साच्चिकै मिल्यौ भन्ने अवसरलाई जोशीले टाडा बाट हेर्दैमा …. भनेर सिमित राखे।
“खै के गरे पछि दैलो देख्यो” भने जस्तै अहिले जस्तो मिलन त्यही बेला भएको भए ५० जना बसेर टेक्सासमा रोइलो गर्नु पर्ने थिएन। हो एक समय बुद्दि सुवेदीमा उन्माद बढेकै थियो। विधान कार्यन्वयनमा जान नमानेकै हुन् । आइसीसीमा सँग पैठजोरी खेलेकै हुन्। विधानमा निर्वतमान अध्यक्ष संरक्षक परिषद्को प्रमुख हुने व्यवस्था छ। सुनील शाहलाई रोक्न उनले विधान नै कुल्चेका हुन्। यी सबै कुरामा बुद्दि सुवेदीलाई लगाम लगाउने भनेको साधरण सभा नै हो।
बाहिर बसेर संस्था सुधार हुदैन। त्यो कुरा जोशी र शाहले पनि बुझेकै होलान। एउटा मुलुकमा दुई वटा एनसीसी बनाउन आइसीसी विधानले दिदैन। अनि आइसीसीका दुई अध्यक्ष कुल आचार्य र रविना थापा तथा महासचिव डाक्टर केशव पौडेलको रोहवरमा रहेको सम्वन्धन सम्झौता यही कार्यकालमा लत्याउन अर्का अध्यक्ष डाक्टर बद्री केसी र महासचिव गौरी जोशीलाई सहज हुदैन।
अर्को तर्फ अहिले साधरण सभा बहिस्कार गरेका लामिछाने, बञ्जाडे र केसीहरु कुन नैतिकतामा अबको चुनावी अभियानमा लाग्छन त्यो पनि सोचनिय छ। हुन त एनआरएनए अभियानमा लागेकाहरुमा नैतिकताको खडेरी नै छ। अनि जोशी र शाहले आफु अदृश्य बसेर कहिले सम्म सापकोटाहरुलाई उचाल्ने ? अरुलाई कार्यक्रम गर्न उक्साएर आफू स्टेज पछाडी बस्ने काम कहिले सम्म गर्ने ? यस्तो दोहोरी चरित्रले समाज मिल्छ ? बिचरा कृष्ण लामिछानेलाई कहिले सम्म भकुण्डो बनाउने ?
सबै भन्दा ठूलो कुरा डाक्टर केशव पौडेल, गौरी जोशी र सुनील शाह तीनै जना भोली आइसीसीको अध्यक्ष नै हुन काविल व्यक्ति हुन्। यी तिन जना मिलेर गएरमा पालो पालो गरि सबै जना अध्यक्ष हुन जति सजिलो छ त्यो भन्दा कठिन एकले अर्कोको खुट्टा तान्दा। यीनीहरु बीचको विवादले एनआरएनए बदनाम हुने तर विचौलियालाई फाइदा हुने हो।
किनकी नर्थ क्यारोलिना भ्रमणलाई बिट मार्दै गर्दा एउटा प्रसंङ्ग छुटाउन भने मन लागेन। एनआरएनएमा तीन थरीका मान्छे लाग्ने रहेछन्।
१, विभिन्न कारणले मुलुक छोडेर गुमानाम भएका तर अहिले कमाए पछि नाम चाहिएका, खादामालाका भोक भएका, ठूला गफ गर्दै भन्नलाई नेपाललाई दिन्छु भन्ने तर कसरी कर छल्ने, आफूले फाइदा लिन तम्सिएका पैसावालाहरु ।
२, पैसावालालाई भिडाएर घर चलाउनेहरु
३,पैसावालाको झोला बोक्दै हो हो भन्नेहरु