गिनिज बुकमा नौ पटकका कीर्तिमानी खेलाडी उज्वल ठकुरीले करातेको विश्व च्याम्पियनसिप खेल्ने
ल्यानक्यास्टर, पेन्सिलभेनिया । गिजिज बुक अफ वल्ड रेकडमा नौ पटक कीर्तिमान कायम राख्न सफल उज्वल सिंह ठकुरीले विश्व कराते च्याम्पियनसिपमा खेल्ने भएका छन् ।
वल्ड युनियन कराते डो महासंघको आयोजनामा हुने च्याम्पियनसिप जुलाई २ देखि ७ तारिक सम्म अमेरिकाको फ्लोरिडामा हुँदै छ।
समाज टाइम्स सँगको कुराकानीमा ठकुरीले आफुले ७५ केजी माथिको तौल समुहमा प्रतिस्पर्धा गर्ने बताए। ठकुरीका अनुसार उनले च्याम्पियनसिपमा अमेरिकाको तर्फबाट प्रतिनिधित्व गर्ने छन्। “सबै कुरा मैले अहिले नै बताउन मिल्दैन, च्याम्पियनसिपमा कसरी छनौट भए, के के प्रक्रिया पुरा गरे यी सबै कुरा म जुलाई दुई तारिकमा मात्र सार्वजनीक गर्छु।”
समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा ठकुरीले भने । “हिजो गिनिज बुक अफ वल्ड रेकर्डका लागि लाग्दा शुरुमा मलाई यो पागल भन्ने पनि थिए नी, तर मैले नौ पटक नाम लेखाए, अब विश्व च्याम्पियनसिपको यात्राको बारेमा पनि म विस्तारै खोल्दै जान्छु।”
ठकुरीले आफुले विश्व च्याम्पियनसिप खेल्ने भए पछि सामाजिक सञ्जालमा गुनासोपूर्ण स्टाटस लेख्दै आर्थिक सहयोगको पनि अपिल गरेका छन् ।
ठकुरीलाई सहयोग गर्न यो लिङ्कमा क्लिक गर्नु होला ।
ठकुरीको अपिल
सम्पूर्ण नेपालीहरुमा नमस्कार
म उज्ज्वल ठकुरी ९ चोटि विश्व कीर्तिमान विश्व च्याम्पियन कराते खेल भिडन्तमा प्रवेश गर्न सफल भए । यो खेल खेल्न धेरैको सपना हुन्छ । मैले मेरो सपना पुरा गर्दै छु । मैले नेपाली खेलकुदको सपना पुरा गर्दै छु । मैले नेपाल र नेपालीको सपना पुरा गर्दैछु ।
हामी नेपालीहरुको धेरै सँग संस्था छ । सम्पूर्ण सँग संस्थाहरुलाई नमस्कार । एउटा ब्यक्ति स्वयम लडेर विश्व च्यम्पियन खेल खेल्न जान्दै गरेको अवगत गराउन चाहन्छु । एउटा सानो गो फन्ड खोलेको छु । खेलाडीलाई जो जो ले माया गर्नु हुन्छ सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।
बिदेशमा बसेर नेपाललाई सहयोग गर्छु । नेपाल बनाउन साधन जुटाउन्छौ भन्नेहरु ठुला ठुला संघ संस्थाहरु । पहिला स्वयम आँफै बनेको खेलडीलाई सहयोग गर्नुस् अनि देश सोच्नु होला । एउटा खेलाडी सँग के को रिस के को राग ? म न कुनै पार्टी हो ? न कसैको घरआयसी दुस्मन हो ।
म यो नेपाल देशमा जन्मेको यो अमेरिका देशमा हुर्केको खेलाडी हुँ । न त मैले पद पाउन सँग संस्थामाथि कुनै मुद्दा हालेको छु । न कुनै व्यक्तिलाई दु:ख दिएको छु । बरु देश र जनता को नाम राख्न् आफ्नो शरिर पटक पटक ध्वस्त पारेको छु ।
विश्व च्याम्पियन खेल हो यो । यो कुनै भ्रस्ट्राचारको मुल मन्त्र हैन । हत्या र् हिंसा हैन । कसैलाई ठग्ने लुट्ने बाटो हैन । फेरी एउटा खेलाडी माथि एस्तो अन्याय किन ?
के कुराले नेपाली समाजमा पेट पोलेको छ ? के विष घोलिएको छ ? नयाँ पुस्ताहरु ले तपाईंहरुमा प्रश्न अवस्य राख्ने छ ? संस्थाको पदमा बस्न पारिवर्तनका कुरा गर्नेहरु । याद राख्नुस् झुठो परिवर्तन कहिले हुँदैन । हो केही समुह बलियो होला । हो संस्था बलियो होला तर अमेरिकामा ट्रम्प जस्तो राष्ट्रपतिको संस्थाको समुह जेल नेल र अड्डा अदालत धाएको पनि देखियो ।
अमेरिकि कानून सँग खेल्ने शक्तीमानि अधिवक्ताहरु जेल जानु परेको नि देखियो ।
हाम्रो समाज मरेको लासमाथि पैसा बर्षाएर उठाउने कोशीस गर्छन् । जीउदोलाई लास बनाएर धाल्न खोज्छन । तर म त्यति चाडै ढल्ने खेलाडी हैन । त्यसैले विश्व चम्पियनमा पुगे । यात्रा हो ठेस लाग्छ । आँधिबेरी हावा हुरी लाग्छ तर पुग्न चाँही पुगे ।
आज बाट सारा नेपाल देशका नयाँ युवाहरु हेर्ने छन् र बुज्ने छ । देश बनाउन दोहोरो नागरिकता माग्नेहरुले एउटा विश्व च्यम्पियन खेल्न जान्दै गरेको खेलाडीलाई सहयोग गरे कि गरेन । एउटा खेलाडीलाई सहयोग नगर्नेहरुले नेपाल देश कसरी बनाउन्छ आँफै बुज्ने छन ? तपाईं हामी प्रत्यक माथि प्रश्न बर्षाउने छन ।
यो देशले कुनै जात पात रङ नहेरी हामी अप्रवासीलाई खान बस्न काम गर्न ग्रीन कार्ड नागरिकता दिन्छ । हामी नेपाली पाउने बित्तिकै हामी आँफैमा जात खोज्छौ । संस्था खोज्छौ । समुह खोज्छौ । एक नेपाली ले नेपालीलाई लाचार बनाउन खोज्छौ ।
यही प्रविधी हामी बाट यहाँ को रथाने ले सिक्यो भने हामी “रेसिस्त नाम दिन अगी सर्छौ ” फर्केर ऐना हेर्दैनौ कि हाम्रो कति समुह छ । कतिवता जातपात को संघ संस्था छ ? हामी आफुमा कस्तो सारो घ्रिणा गर्छौ । अरु भन्नु केही छैन । म चाँही विश्व च्यम्पियन खेल खेल्दै छु ।