अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टिममा दुई खेलाडी घाइते भए पछि सुवासलाई बोलाइयो
अमेरिका। आइसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टिमका दुबै ओपनर घाइते भएपछि सुवास खकुरेललाई टिममा बोलाइएको छ।
नेपाल क्रिकेट संघ क्यानले आइतवार विज्ञप्ति जारी गर्दै जुन नौ तारिक सम्ममा घाइते खेलाडी फिट हुने सम्भावना कम देखिएकाले खकुरेललाई आकस्मिक रुपमा टिममा बोलाइएको हो ।
लिग २ मा नेपालले अमेरिका र ओमानसँग खेल्दै छ। प्रतियोगिता शुरु हुनु दुई साता अगाडि नै अमेरिका आइपुगेको टिममा अभ्यासका क्रममा दुई खेलाडी घाइते हुन पुगेका थिए।
टेक्सासको ह्युस्टनमा शनिवार भएको अभ्यास खेलमा फिल्डिङ्ग गर्ने क्रममा कुशल भुर्तेत घाइते भएका थिए । यस्तै अमेरिका उत्रिएको भोली पल्ल नै आन्तरिक अभ्यासको क्रममा आसिफ शेख पनि घाइते भएका थिए।
दुबै ओपनर औपचारिक म्याच शुरु हुन अगाडि फिट हुने सम्भावना कम देखिएको बताइएको छ।
हाल अमेरिकामा रहेका नेपाली टिम म्यानेर दुर्गा राज पाठकका अनुसार कुशलको ह्याम्स्ट्रिङ र आसिफलाई घुँडामा चोट लागेको छ।
क्यानले जारी गरेको विज्ञप्तिमा बन्द प्रशिक्षणका क्रममा राम्रो प्रदर्शन गरेका सुभासलाई टिममा बोलाइएको बताएको छ। सुभास विकेटकिपर ओपनर हुन्।
लिग २ अर्को वर्ष भारतमा हुने आईसीसी एकदिवशीय विश्वकप छनोटको सुरुवाती चरण हो। यस पटकको अमेरिका भ्रमणमा नेपालले अमेरिका र ओमान सँग दुई दुई खेल खेल्ने छ।
क्यानका म्यानेजर तथा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान विनोद दासका अनुसार सुभास आइतवार नै नेपालबाट अमेरिका आउने छन्।