एनआरएनए एनसीसी कप क्रिकेट : ह्युस्टन हरिकेन्सलाई नेपालले दियो २५१ रनको लक्ष्य
ह्युस्टन । अमेरिकाको टेक्सासमा जारी एनआरएनए एनसीसी कप क्रिकेटमा नेपालले ह्युस्टन हरिकेन्सलाई एक सय ५१ रनको लक्ष्य दिएको छ।
पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिलो व्याटिङको निम्तो पाएको नेपाल कार्यवहाक कप्तान रोहित पौडेलको शतकीय पारीमा पुरा ओभर सकिन पाँच बल बाँकी छदा दुई सय ५० रनमा अलआउट भयो।
प्रशिक्षक पुबुदु दशानायकेले नियमित कप्तान सन्दीप लामिछानेलाई आजको खेलमा विश्राम दिदै रोहितको कप्तानीमा ह्युस्टन हरिकेन्स बिरुद्द नेपाली टिम उतारेका थिए ।
रोहितले एक सय एक रनको पारी खेले । उनले ९० बलको सामना गरेका थिए । सो क्रममा पाँच चौका र चार छक्का प्रहार गरे ।
त्यसो त सिङ्गो पारी नै रोहितको वरीपरी घुमेको थियो। दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको नेपालले नवौ ओभरमा थप दुई विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल शुन्यको अवस्थामा पेभिलयन फर्किएका थिए।
त्यस पछि नवौं ओभरमा सुनिल धमला १३ रनमा रमेटिए । दोस्रो विकेटका लागि देव खनाल र सुनिल धमलाले ३४ रनको साझेदारी गरे । सोही ओभरमा नेपालले अर्को विकेट खेर फाल्यो ।
मोहम्मद इलायसले नवौं ओभरको तेस्रो बलमा धमलालाई आउट गराएका थिए। सोही ओभरको अन्तिम बलमा देव खनाल १९ रनमा आउट भए उन समय नेपालको स्कोर मात्र ४० को स्थितिमा थियो ।
चौथो विकेटका लागि रोहित र दीपेन्द्रसिंह ऐरीले ६० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
१९ ओभरको दोस्रो बलमा दीपेन्द्र २४ रनमा हरमित सिंहबाट आउट भए । जुन समय नेपालले ९८ रन जोडेको थियो ।
पाँचौ विकेटका लागि रोहित र आरिफ शेखले एक सय ८ रनको साझेदारी गरे । आरिफ ६३ बलमा ३ चौकासहित ४१ रनमा आउट भए ।
८९ बलमा शतक प्रहार गरेका रोहित ३९ औं ओभरको दोस्रो बलमा रन आउट भए । त्यस पछि करण केसी १२, सुशान भारी पाँच र विनोद भण्डारी चार रनमा आउट भए।
हरिकेन्सका मोहम्मद इलियासले सर्वाधिक पाँच विकेट लिए । पुरा दश ओभर बल फालेका इलियासले ६४ रन खर्चेका थिए। यस्तै हरमित सिंहले पनि २ विकेट लिए ।
आइसिसी विश्वकप लिग २ त्रिदेशिय क्रिकेट श्रृखलाका अन्तर्गत ओमान र अमेरिका सँग खेल्न नेपाल अहिले अमेरिकाको भ्रमणमा छ। जुन नौ तारिकमा नेपालले आफ्नो पहिलो खेल ओमान सँग खेल्दै छ । यस्तै नेपालले अमेरिका सँग पनि खेल्ले छ।
लिग २ अगाडि अभ्यासका लागि नेपालले एनआरएनए एनसीसी कपमा खेलेको हो । यस अगाडि नेपाली अल स्टार सँगको पहिलो म्याचमा नेपाल चार विकेटले पराजित भएको थियो ।
गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाले नेपाली अल स्टार्स र नेपलीज् एसोसियसन अफ ह्युस्टन सँग समन्वय गर्दै एनआरएनए युएसए कपमा आयोजना गरेको हो ।