अमेरिका : हाईस्कूल दिक्षान्त पछि गोली चल्दा एकको मृत्यु, दुई घाइते
न्यु अर्लिन्स – लुइसियानाको मोरिस जेफ हाई स्कूलको दिक्षान्त समारोह पछि भएको गोलीबारीमा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् ।
न्यू अर्लिन्स प्रहरीका अनुसार मंगलवार दिउसो जेभियर युनिभर्सिटीमा सम्पन्न समारोह पछि बाहिर गोलाबारी भएको हो ।
पार्किङस्थलमा दुई महिलाबीचको झगडाबाट घटना सुरु भएको बताइएको छ। झगडा अन्तमा गोलीहानाहानमा पुगेको स्थानीय प्रहरीको भनाई छ।
पार्किङमा भएको विवाद पछि गोली चल्दा एक वृद्ध महिलाको मृत्यु भएको र दुई जना पुरुष घाइते भएका हुन् ।
प्रत्यक्षदर्शीहरूले भनाई भन्दै फक्स ८ ले दिक्षान्त समारोह समाप्त भएको केही समय पछि झगडा भएको र त्यसपछि ५-१३ राउण्ड बन्दुकको आवाज सुनिएको जनाएको छ।
फक्स ८ का अनुसार जेभियरमा विगत ११ दिनमा हिंसामा परेको यो कम्तिमा दोस्रो हाईस्कूल स्नातक थियो। मे २० मा, कार्भर हाई ग्रेजुएसन कार्यक्रमको क्रममा झगडा भएको थियो । जसमा सहभागीहरूले मुक्का र कुर्सीहरू प्रहार गरेका थिए।
कार्भर हाई घटनामा बन्दुकको गोली चलेको थिएन। तर नर्थशोरमा रहेको साउथइस्टर्न लुइसियाना युनिभर्सिटीको ह्यामन्ड हाई स्कूलको मे १९ को स्नातक समारोहमा तीन जनालाई गोली लागेको थियो ।