अमेरिकाबाट गायक प्रेम सेन्चुरी भन्छन् ‘हे जजनी फेरि अव बुद्द जन्माइदेउ’ (भिडियो सहित)
ल्यानक्यास्टर । अमेरिकामा रहेका गायक तथा संगीतकार प्रेम सेन्चुरीले ‘हे जजनी फेरि अब बुद्द जन्माइदेउ’ बोलको गीतको भिडियो ल्याएका छन्।
राष्ट्रिय भावानाले प्रेरित गीतमा वरिष्ठ गायिका डेजी बराइलीको पनि स्वर रहेको छ। यस गीतमा शब्द संगीत गायक सेन्चुरीकै रहेको छ।
गीतलाई बिमल बुढाथोकीले संगीत संयोजन गरेका हुन्।
‘सबै मिलि देश बनाउन, जहाँ भएपनि नेपाली पहिचान र नेपाली संस्कृतिलाई जोगाएर राख्न’ भन्ने आह्वान गीतमा गरिएको छ।
लिरिकल भिडियोको रुपमा सार्वजनिक यस गीतलाई ‘प्रोमोशन नेपाल’ सँगको सहकार्यमा तयार पारिएको हो।
गायक सेन्चुरीको स्वरमा यसअघि ‘गर्मिमा एसि जाडो हिटर’ ‘चुम चुम’ ‘जीवन यहाँ यस्तै छ’ ‘परदेशीले मलाई रुवायो’ बोलको गीतहरु सार्वजनिक भैसकेका छन्।
गायक सेन्चुरीले नयाँ गीतलाई सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।