नेपालले हासिल गरेको उपलब्धीहरुमा हामी गर्व गर्दछौं : अमेरिका
ल्यानक्यास्टर । अमेरिकाले नेपालले हासिल गरेका उपलब्धीहरुमा आफुले गर्व गर्ने बताएको छ।
नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको अवसरमा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले जारी गरेको सन्देशमा “नेपालले आफ्नो शासन प्रणाली, आर्थिक विकास, तथा अन्तराष्ट्रिय सहभागिताहरूमा उल्लेखनीय परिवर्तन अनुभुत गरेको छ,” भनेका छन्।
सन्देशमा उनले नेपाल सँगको मित्रता कायम रहनेमा पनि आशावादी रहेको समेत बताएका छन्।
“आज हामी नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वर्षगाँठ मनाउँदैछौं। नेपालले आफ्नो शासन प्रणाली, आर्थिक विकास, तथा अन्तराष्ट्रिय सहभागिताहरूमा उल्लेखनीय परिवर्तन अनुभुत गरेको छ। एक साझेदारका रूपमा हासिल गरेका उपलब्धीहरूमा हामी गर्व गर्दछौं र आउने अनेकौं दशकहरूसम्म यो मित्रता कायम रहनेमा आशावादी छौं।”