सुनिल शाह एनआरएनए अमेरिकाको प्रमुख संरक्षक मनोनित
ल्यानक्यास्टर । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वयन परिषद् (एनसीसी) अमेरिकाको नवगठित समितिले आफ्नो प्रमुख संरक्षकमा सुनिल शाहलाई मनोनयन गरेको छ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) अमेरिकाज क्षेत्रीय संयोजक प्रकाश सापकोटाले सोमवार राति कृष्ण लामिछानेको अध्यक्षमा एनआरएनए अमेरिका तदर्थ समिति घोषणा गरेका थिए।
सापकोटाले बुद्दि सुवेदीको निर्वाचित कमिटीलाई अबैधानिक भन्दै तदर्थ समिति गठन गरेको जनाएका थिए।
सापकोटाले गठन गरेको तदर्थ समितिको बैधानिकताका बारेमा आइसीसीले आगामी बैठकमा निर्णय गर्ने जनाइएको छ। आइसीसीको पूर्ण बैठक अप्रिल ३० तारिक बस्दै छ।
आधिकारिकताको प्रश्न उठ्दै गर्दा लामिछाने नेतृत्वको समितिको गत राति बसेको पहिलो बैठकले सुनिल शाहलाई प्रमुख संरक्षकमा मनोनित गरेको हो। शाह एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष हुन। उनी अहिले आइसीसीको कोषाध्यक्ष छन्।
एनआरएनए अमेरिकाको विधानमा निवर्तवान अध्यक्षलाई प्रमुख संरक्षक मनोनयन गर्नु पर्ने व्यवस्था गरेको छ। “बुद्दि सुवेदीको समिति शुरु देखिनै अवैधानिक भयो, आइसीसीलाई तिर्नु पर्ने फि नै तिरेन, फि नै नतिरेको समितिलाई हामीले बैधानिक मान्न सकेनौ, त्यसकारण हामीले शाहलाई निवर्तमान अध्यक्षको हैसियतमा प्रमुख संरक्षक मानेका हौ।” समाज टाइम्स सँगको कुराकानीमा अध्यक्ष कृष्ण लामिछानेले भने।
कृष्ण लामिछाने गत वर्ष भएको निर्वाचनमा अध्यक्ष पदमा बुद्दि सुवेदी सँग पराजित भएका हुन्। सोही निर्वाचनमा अध्यक्षमा पराजित डाक्टर अर्जुन बञ्जाडे र तिलक केसीलाई बैठकले संरक्षक मनोनित गरेको छ। यस्तै पूर्व अध्यक्ष शिव राईलाई पनि संरक्षकमा मनोनित गरेको छ। बैठकले प्रवक्ताको जिम्म्वारी होम लम्साललाई दिएको छ।
बुद्दि सुवेदीले एक वर्ष हुनै लाग्दा सम्म पनि विधान अनुसार गठन गर्नु पर्ने संरक्षक परिषद गठन गरेका थिएनन्।
गत राति बसेको बैठकले जुलाईको तीन र चार तारिकमामा टेक्सासमा साधरण सभा गर्ने निर्णय पनि गरेको अध्यक्ष लामिछानेले समाज टाइम्सलाई बताए। जबकि बुद्दि सुवेदी नेतृत्वको समितिले जुलाई पहिलो साता नर्थ क्यारोलोनामा साधरण सभा गर्ने निर्णय गरेको छ।
अध्यक्ष लामिछानेका अनुसार बैठकले च्याप्टरहरुको विस्तार गर्नुका साथै आफुलाई मनोनयन गरेकोमा आइसीसी र क्षेत्रिय संयोजकलाई धन्यवाद दिने निर्णय पनि गरेको छ।
यस्तै बरिष्ठ उपाध्यक्ष सिपि पौडेलको अध्यक्षतामा विधान समिति गठन गरेको छ। महासिचव डोरेन अधिकारीको नेतृत्वमा सचिवालयन गठन गरेको छ।
अध्यक्ष लामिछानेले आफ्नो नेतृत्वको कमिटीनै बैधानिक हुने दावी गरेका छन्।
आइसीसीले बैधानिकताको बारेमा निर्णय नै नगरि अगाडि बढ्नु भयो तपाइहरुको कदमले बैधानिकता पाएन भने के हुन्छ भन्ने प्रश्नमा लामिछानेले भने, “बहुमत आरसीहरु, यो रिजनका बहुमत आइएस पदाधिकारीहरु सबैले निर्णयमा साथ दिनु भएको छ र आइसीसीले पनि होइन भनेको छैन।”
यो पनि हेर्नुस