एनआरएनए अमेरिकामा जवरजस्त नयाँ विवाद, बने दुई कमिटी
ल्यानक्यास्टर । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वयन परिषद् (एनसीसी) अमेरिकामा जवरजस्द नयाँ विवादले प्रवेस पाएको छ।
समस्या समाधान गर्ने जिम्मेवारी पाएका अमेरिकाज क्षेत्रीय संयोजक प्रकाश सापकोटाको नयाँ कमद पछि एनआरएन अमेरिकाको पुस्तौली विवादमा अर्को नयाँ इट्टा थपिएको हो।
सापकोटाले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)लाई पठाएको पत्रमा एनआरएन अमेरिका पुनर्गठन गरेको भनेका छन्। सापकोटाले कृष्णा लामिछानेलाई नयाँ कमिटीको अध्यक्ष बनाएको भनेका छन्।
लामिछाने गत वर्षको निर्वाचनमा बुद्दि सुवेदी सँग पराजित व्यक्तिहुन् । एनआरएनए केन्द्रिय राजनीतिमा उनी आइसीसी अध्यक्ष डाक्टर बद्री केसी र महासचिव गौरी जोशि निकट हुन्।
बुद्दि सुवेदी अर्का अध्यक्ष कुल आचार्य र महासचिव डाक्टर केशव पौडेल नजिक छन्।
सापकोटाले बुद्दि सुवेदीको कमिटी भङ्ग गर्नुको कारणमा आइसीसीलाई तिर्नु पर्ने शुल्क नबुझाएको भनेका छन्।
“आइसिसीको ८२औं बैठकले मिति २०२२ मार्च ६ तारिख सम्म भुक्तानी नगरेको र गैर आवासीय नेपाली संघको विधान २००३ को (संसोधन २०२१) दफा १७.७ अनुसार श्री बुद्धि सागर सुबेदीज्यूको नेतृत्वमा रहेको कार्य समितिको मान्यता स्वतः खारेज भई नयाँ कार्यसमितिको निर्वाचनका लागि एक तदर्थ समिति गठन गर्नु पर्ने भएकोले गैर आवासीय नेपाली संघ अमेरिका क्रियाकलापबाट सदस्यहरूमा वितृष्णा छाएको र धेरै सदस्यहरू तथा धेरै अभियन्ताहरूको अनुरोधलाई सम्मान गर्दै अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकको हैसियतले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका गठन गरिएको जानकारी गराउन चाहन्छु।”
क्षेत्रिय सापकोटाको पत्रको पूर्ण विवरण यस्तो छ।
सापकोटाको कदमलाई उपसंयोजक अभिमन्यु बस्नेत र पशुपति राज पाण्डेले समर्थन गरेका छन् । तर अर्का संयोजक राम पोखरेल र उप संयोजक रामकुमार सुवेदीले भने विरोध गरेका छन्।
सापकोटाले आइसीसीलाई लेखेको पत्र सार्वजनिक भए सँगै पोखरेल र सुवेदीले भ्रममा नपर्न भन्दै विज्ञप्ति जारी गरेका हुन्।
उनीहरुले सापकोटा समुहको कामलाई अबैधानिक भनेका छन्।,”विधान र विधि भन्दा बाहिर गएर विना आधार र कारण बुद्धि सागर सुवेदी अध्यक्ष रहेको गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका भङ्ग गरिएको भनी एनआरएनए आइसीसी अमेरिका क्षेत्रका केही पदाधिकारिहरुको नाममा आएको पत्र अवैधानिक छ ।”
विज्ञप्तिमा अगाडि भनिएको छ, “आम समुदायमा देखिएको निराशा घटाउने र एनआरएनएको प्रतिष्ठा बढाउनु पर्ने समयमा मतान्तर बढाउने र समस्या बल्झाउने कामले संस्था र समुदायको हित गर्न सक्दैन । यस्ता अवैधानिक गतिविधिलाई निरुत्साहित गर्दै आईसीसीको नेतृत्व र सचिवालयले समयमा नै कडा कदम नचालेमा विश्व भर नै यसको असर देखिने निश्चित प्राय छ।”
विज्ञप्तिमा पोखरेल र सुवेदीले भनेका छन्, “यसबाट संस्थाले ठुलो मूल्य चुकाउनु पर्ने छ । एनसीसीहरु स्वतन्त्र, स्वायत्त र सम्बन्धित देशको विधि विधानको अधीनमा छन् । आइसीसीसँग एनसीसीहरुको विश्वासिलो सम्बन्ध छ । एनसीसीहरुकै जगमा आइसीसी उभिएको तथ्यलाई हामीले भुल्नु हुँदैन ।”
“ठुलो विवाद र सङ्कटलाई टार्दै सहमतिको जगमा आएको आईसीसीको नयाँ कार्यसमितिको पहिलो पूर्ण बैठक समेत नबस्दै यस्ता अवैधानिक गतिविधि क्षेत्रीय पदाधिकारीहरूबाट हुँदा एकताको सम्पूर्ण जग भत्किने छ ।”
विज्ञप्तिमा अगाडि भनिएको छ, “आईसीसीले सबैलाई समेटेर जाने साथै कुनै समस्या देखिएमा समाधान गर्ने सहजीकरण गर्ने काम गर्नु पर्छ । अप्रिल २३ तारिक बसेको एनआरएनए आइसीसीको ओवी बैठकले पन्जिकृत सदस्यहरूको शुल्क बुझाउन बाकी रहेका एनआरएनए एनसीसीहरुले अप्रिल ३० तारिक अगाडि शुल्क बुझाउने विषयमा पर्ने पहल थाल्ने निर्णय समेत गरेको छ । त्यति हुँदा हुँदै पनि सदस्यता शुल्क नबुझाएको भन्दै अवैधानिक गतिविधि गर्नु मनासिब देखिँदैन । संस्थामा बेमेल र फुट देखाउन अवैधानिक रूपमा गरिएका गतिविधि प्रति खेद व्यक्त गर्दै बुद्धि सागर सुवेदीको नेतृत्वमा रहेको गैर आवासीय नेपाली सङ्घ अमेरिका यथावत् रहेको जानकारी गराउँदछु ।”
मेरो काम विधान सम्वत छ कार्यन्यन हुन्छ : सापकोटा
यसै बीच क्षेत्रीय संयोजक सापकोटाले आफ्नो कमद विधान अनुसार नै भएको बताएका छन् । समाज टाइम्स सँगको कुराकानीमा सापकोटाले भने,”मलाई चर्चामा आउनु छैन र मैले गरेको चर्चाका लागि होइन यो निर्णय कुनै पनि हालतमा कार्यन्वयन हुन्छ ।
उनले आइसीसीको विधान र तत्कालिन अनध्यक्ष कुमार पन्तको पत्रको आधारमा नै काम गरेको दावी गरे ।