एनआरएनए अमेरिकाको शुद्दिकरणमा उपाध्यक्ष गोपेन्द्र भट्टराईका पाँच शुत्र
ल्यानक्यास्टर । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्टराईले संस्था शुद्दिकरणका लागि भन्दै पाँच शुत्र अगाडि सारेका छन्।
भट्टराईले अब एनआरएनएमा भोटर होइन मेम्वर बनाउन भन्ने अभियान शुरु गर्नु पर्ने बताएका छन्।
अप्रिल १७ तारिकमा सम्पन्न एनआरएनए अमेरिकाको बैठकमा समेत आफुले सदस्यता शुद्दिकरणको प्रस्ताव पेश गरेको भट्टराईले समाज टाइम्स सँगको कुराकानीमा बताए ।
उनले अहिले सम्म भोटर मात्र बनाउने गरिएकोले अब त्यो क्रम रोक्नु पर्ने उनको भनाई छ। “जति मेम्वर धेरै भयो त्यति संस्था बलियो हुन्छ,तर एक्टिभ मेम्वर बनाउनु पर्छ, यहाँ त भोटर मात्र बनाउने काम हुँदै आएको छ।”
लाइभ फोटो
“लाइभ फोटो लिन सक्नु पर्छ । अहिले डकुमेन्ट र फोटो डाउनलोड गर्ने गरिएको छ अब त्यो ठाँउमा लाइभ फोटो लिने व्यवस्था गर्नु पर्छ।” भट्टराई भन्छन “त्यस्तो भएमा अरुको फोटो लिएर सदस्यता बनाउन क्रम रोकिन्छ, व्यक्ति स्वयम उपस्थित हुनै पर्यो, आजकल सेल्फि भन्ने गरिन्छ सेल्फि भन्दा पनि लाइभ फोटो गर्नु पर्छ।”
गिफ्टकार्ड बन्द गरौ
भट्टराईले दोस्रो शुत्र गिफ्टकार्ट बाट सदस्य बन्ने क्रम रोक्नु पर्ने रहेको छ। “वालमार्टमा गिफ्टकार्ड किनेर मज्जाले मेम्वर बनादा रहेछन् । गिफ्ट कार्डबाट नदिने वित्तिकै मान्छेले क्रेडिट वा डेबिट कार्ड प्रयोग गर्नु पर्यो । त्यो भए पछि को कस्को कार्डबाट बन्यो भन्ने त थाहा हुन्छ। गिफ्टकार्ड हटाउनुको मुख्य उद्देश्य पैसा कसले तिरेको हो भनेर थापा पाउन हो।”
सिलिङ्ग तोकौ
भट्टराईले एउटा डेविट वा क्रेडिट कार्डबाट कति सम्म सदस्य बन्न पाउने भन्ने तोक्नु पर्नेमा जोड् दिएका छन्। “चार देखि ६ जना सम्मलाई मात्र एउटा डेबिट वा क्रेडिट कार्डबाट शुल्क तिर्न पाउने हुनु पर्यो, यहाँ त एउटै कार्डबाट असंख्य सदस्य बन्ने गरेको देखियो।”
नविरकण गर्दा पुन रजिष्ट्रेशन
यस अगाडि सदस्य भएकाहरु सबैलाई अव पुन रजिष्टर गर्नु पर्ने भट्टराईको तर्क छ। “पैसा तिरे पछि स्वत नविकरण हुने गर्नु हुदैन। पोहोर साल जुन हार्डड्राइभ वा पेनड्राइभबाट अर्काको फोन नम्वर लिएर मेम्वर बनाइएको भनिएको छ यदी त्यस्तो हो भने पुन रजिष्ट्रेशन प्रोशेसमा जादा गलतका रोकिन्छ, त्यो हुदाँ कति साथिहरुले अप्ठेरो मान्छन साथीहरुले दोस्रो पटक गल्ति गर्नका लागि। जसले गर्दा यस अगाडि गलत तरिकाले बानएका हो भने पनि त्यो मेम्वर रोकिने भए।”
भोटिङ्गमा डबल भेरिफिकेशन
भट्टराईले अन्तिम शुत्रको रुपमा भोटिङ्क गर्दा फेसआइडी वा डबल भेरिफिकेशन अपनाउनु पर्योमा जोड दिएका छन्। “आफ्नो भोट आफैले हाल्ने हुनु पर्छ।”
भट्टराईले आफ्नो प्रस्तावलाई कार्यसमितिका अधिकांश सदस्यले समर्थन गरेको दावी गरेका छन्।
“मैले मैले सदस्यता शिर्षक अन्तर्गतको छलफलमा यो प्रस्ताव लगेको हो अब हुने बैठकमा यसलाई औपचारिक प्रस्तावको रुपमा लैजानु पर्छ।” भट्टराईले भने, “अस्तिको बैठकमा सुझाव दिएको हु मलाई लाग्दैन यो प्रस्ताब नमान्नु पर्ने कारण छ।”