एनआरएनए आइसीसीको खातामा ६ करोड
ल्यानक्यास्टर । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)ले आफुसँग ६ करोड २४ लाख २१ हजार नौ सय ५६ रुपैयाँ सञ्चित रहेको जनाइएको छ।
एनआरएनए नयाँ कार्यसमितिले शनिवार रिपोर्ट मार्फत आफुसँग सञ्चित रहेको रकम सार्वजनिक गरेको हो।
पारदर्शिता,सहभागिता,जवाफदेहिता र विश्वास भन्ने स्लोगन सहित मासिक, त्रैमासिक तथा वार्षिक प्रकाशन गर्ने क्रममा एनआरएनएको नयाँ टिमले पहिलो रिपोर्ट सार्वजनिक गरेको जनाएको छ।
एनआरएनएको सबै रकम नेपालको बैक खातामा रहेको देखिएको छ। कुल २२ मध्ये १२ खाता सानिमा बैकमा रहेको छ।
एनआरएनए आइसीसीका कोषाध्यक्ष सुनिल शाहका अनुसार यो रकम अघिल्लो कार्यसमितिबाट हस्तान्तरण भएको हो।
“पारदर्शिताका लागि हामीले यो प्रयास शुरु गरेका हौ। अहिले अघिल्लो कार्यसिमितबाट हामीले के कति बुझिलियौ भनेर सार्वजनिक गर्यो अब यो क्रम निरन्तर रहन्छ।” समाज टाइम्स सँगको कुराकानीमा शाहले भने,”हरेक महिना बैक स्टेटट्मेन्ट सार्वजनिक गर्ने र तीन तीन महिनामा पूर्ण विवरण सार्वजनिक गर्ने हाम्रो लक्ष्य छ।”
शाहले पहिला के भयो भन्दा पनि अब कसरी पारदर्शि बनाउने भन्नेमा आफुहरु लागेको बताए। “हामीले कहाँबाट कति लियौ र कहाँ कसरी खर्च गर्यौ भन्ने छर्लङ्ग हुने गरि सार्वजनिक गर्छौ।”
यसै बीच कोषाध्यक्ष शाहले मनोनयन शुल्क उठ्ने क्रम जारी नै रहेको बताए ।”अप्रिल ३० तारिकमा हुने बैठक अगाडि नै शुल्क तिर्नु पर्ने भनिएको छ,साथिहरुले जम्मा गर्दै हुनुहुन्छ।” शाहले भने।