अमेरिकाद्वारा युक्रेनका लागि थप सैन्य सहयोगको घोषणा
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि थप हतियार र आर्थिक सहयोगको घोषणा गरेका छन् ।
रूसी आक्रमण विरुद्धको लडाईमा मद्दत गर्ने भन्दै राष्ट्रपतिले बिहीबार थप १.३ बिलियन डलर युक्रेनलाई दिने घोषणा गरे। सो सहयोगमा बन्दुक, गोला बारुद र नगद रहेका छन्।
नयाँ सहयोग घोषणा गर्दै राष्ट्रपतिले अमेरिका र पश्चिमी सहयोगीहरूलाई युक्रेनको समर्थनमा दृढ रहनु पर्ने आवश्यकतालाई जोड दिए।
“हामी फेरि एक पटक उसलाई गलत साबित गर्नेछौं” रुसी राष्ट्रपति भ्लादिमिर पुटिन प्रति लक्षित हुदै राष्ट्रपतिले बाइडेनले भने ।
नयाँ प्याकेजमा पूर्वी युक्रेनको डोनबास क्षेत्रमा बढ्दो युद्धको लागि धेरै आवश्यक पर्ने तोपखाना, एक लाख ४४ हजार राउन्ड गोला बारूद र ड्रोनहरूका लागि आठ सय मिलियन सैन्य सहायता रहेका छन्।
यस्तै सरकारी तलब, निवृत्तिभरण र अन्य कार्यक्रमहरूको लागि पनि पाँच सय मिलियन युक्रेनलाई अमेरिकाले प्रत्यक्ष आर्थिक सहायता गर्ने छ।
यो सँगै करिब दुई महिना अघि रुसको आक्रमण सुरु भएदेखि युक्रेनलाई अमेरिकाको कुल आर्थिक सहयोग १ अर्ब डलर पुगेको छ।
फोटो ह्वाइटहाउसको फेसबुक पेजबाट