एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी
काठमाडौ । नेपाली क्रिकेट टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल, पपुवा न्युगिनी (पीएनजी) र मलेसिया सम्मिलित शृंखलामा उत्कृष्ट ब्याटिङ गरेको दीपेन्द्रले कुल दुई सय ५५ रन बनाए । यसक्रममा उनले दुई अर्धशतक र एक शतक बनाएका थिए ।
बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले सात विकेट लिए । उनले फाइलनमा पीएनजीविरुद्ध चार विकेट लिएका थिए ।
शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै दीपेन्द्र पाँँच सय डलर प्राप्त गरे ।
सोमबार सम्पन्न फाइनल खेलमा पीएनजीलाई ५० रनले पराजित गर्दै नेपालले शतप्रतिशत जितसहित शृंखलाको उपाधि जितेको थियो ।
दीपेन्द्रको एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर
मध्यक्रमका ब्याटर दिपेन्द्रसिंह ऐरी ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली ब्याटर बनेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रिय यो कोशेढुङ्गा पार गर्ने पहिलो नेपाली ब्याटर बने ।
यसअघि लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध अविजित सतकीय इनिङ खेलेका दिपेन्द्र नेपालका लागि ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् ।
यस सूचीकाे दोस्रो स्थानका पारसको सात सय ९९ रन छ । तेस्रो नम्बरका ज्ञानेन्द्र मल्लको सात सय ४८ रन छ ।
यस्तै, ओपनर कुशल भुर्तेल ५ सय ७३ रन सहित चौथो स्थानमा छन् । उनी ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने आइसिसी एसोसियट राष्ट्रको छैटौं खेलाडी समेत बने ।
फोटो : क्यान