फिफा विश्व कप : जर्मनी र स्पेन एउटै समुहमा,कतारका लागि दुर्भाग्य ?
अमेरिका । आयोजक कतार फिफा विश्व कप फुटबलको समुह चरणमा सेनेगल, नेशरल्याण्ड र इक्वेडरको समुहमा परेको छ ।
शुक्रवार खेल तालिका सार्वजनिक भए पछि फुटबल विश्लेशकले कतारका लागि दुर्भाग्य भनेका छन् । “कतारको लागि यो धेरै खराब हुन सक्छ? आयोजक र विश्वकपमा डेब्यु गर्ने राष्ट्रले सेनेगल र नेदरल्याण्ड्स खेल्नु अघि रोमाञ्चक इक्वेडर विरुद्ध जित्नै पर्ने खेलबाट सुरु हुनेछ।” फिफाको अधिकारी साइडमा भनिएको छ ।
यस्तै दुई पूर्व च्याम्पियन स्पेन र जर्मनीको भेट कतारमा समुह चरणमा नै हुने भएको छ । फ्रान्सलाई डेनमार्कले परीक्षण गर्नेछ । अर्जेन्टिनाले मेक्सिको, पोल्याण्ड र साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
अमेरिकाले समुह चरणमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ । सो समुहमा इरान र युरोपेली प्लेअफको विजेता पनि रहेका छन् । उक्त प्लेअफमा वेल्सले सक्टल्यान्ड र युक्रेनको विजेतासँग खेल्नेछ।
साविक विजेता फ्रान्सको समूहमा डेनमार्क, ट्युनिसिया तथा अन्तर महादेशीय प्लेअफको पहिलो खेलको विजेता खेल्नेछन् । उक्त प्लेअफमा अष्ट्रेलिया र यूएईको विजेताले पेरुसँग खेल्नेछ ।
ब्राजिल, सर्बिया, क्यामरुन र स्विटजरल्यान्डले एकै समूहमा प्रतिस्पर्धा गर्नेछन् । पोर्चुगल, दक्षिण कोरिया, घाना र उरुग्वे समूह एच मा रहेका छन् ।
बेल्जियम, मोरक्को, क्यानडा र क्रोएसिया समूह एफ मा रहेका छन् । समूह ई मा स्पेन र जर्मनीसँगै र जापान र दोस्रो अन्तर महादेशीय प्लेअफको विजेताले खेल्नेछन् । दोस्रो अन्तर महादेशीय प्लेअफमा कोस्टारिका र न्युजिल्यान्ड खेल्नेछन् ।