अमेरिकाको टेक्सासमा बस्ने लमजुङबासीको पिकनिक मार्च २७ आइतवार
टेक्सास । अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने लमजुङबासीको पिकिनिक मार्च २७ तारिक आइतवार हुने भएको छ ।
आयोजक मध्येका एक राजेन्द्र जोशी (जोशी बाबु) का अनुसार पिकनिक विहान ११ बजे देखि साढे पाँच बजे सम्म हुने छ ।
दुई सय ५० भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको पिकनिकका लागि अहिले सम्म एक सय ९७ जनाले नाम टिपाएका छन् ।
टेक्सासमा बस्ने लमजुङबासी बीचमा एक आपसमा परिचय गर्नका साथै मनोरञ्जनका लागि पिकनिक आयोजना गर्न लागिएको जोशिले बताए ।
ट्राविक पेभिलिन पार्कमा हुने पिकनिकका लागि कुनै शुल्क तिर्नु नपर्ने जोशिले बताए ।
“टेक्सासमा लमजुङबासीको मात्र पिकिनक पहिलो पटक आयोजना गर्न लागिएको हो, हाम्रो उद्देश्य आपसमा चिनजान र मनोरञ्जनका लागि हो, हामीले प्रायोजक खोजेका छौ सहभागि सँग शुल्क लिदैनौ ।” जोशिले भने