अमेरिकाको क्यालिफोर्नियामा अप्रिल ९ तारिक नेपाल डे परेड हुने
अमेरिका । विक्रम संवतको नयाँ वर्षको अवसर पारेर पश्चिमिराज्य क्लालिफोर्नियामा अप्रिल ९ तारिक नेपाल डे परेड हुने भएको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिका वेष्टकोष्ट क्षेत्र र क्यालिफोर्निया च्याप्टरको आयोजना तथा स्थानीय विभिन्न संघ सस्थाको सहयोगमा नेपाल डे हुन लागेको हो ।
आयोजकका तर्फबाट शुक्रवार साँझ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाल डे अमेरिकामा अहिले सम्म भएका मध्येमा भब्य बनाइने छ ।
पत्रकार सम्मेलनमा एनआरएनए एनसीसी अमेरिका वेष्ट कोष्ट क्षेत्रका क्षेत्रिय संयोजक श्रीराम थापाले सान फ्रान्सिस्को शहरको डाउनटाउनको मुल सडकमा कार्यक्रम आयोजना हुने बताए ।
“अमेरिकाकै ठूलो शहर सान फ्रान्सिस्कोमा नेपाल झल्कने छ ।” थापाले भने. “विदेशमा रहेर पनि नेपाललाई छुन चाहान्छौ, जति जति चाडबाड आउछन नेपाल सम्झिन पुग्छौं, नयाँ बर्षका अवसरमा आयोजा हुने नेपाल डेमा सहभागि हुन हामी सबैलाई आग्रह गर्दछौ।”
उनले क्यालिफोर्निया भन्दा बाहिरबाट पनि सहभागिताका लागि अपिल गरेका छन् । अमेरिकामा अहिले सम्म नेपाली समुदायले गरेकोमा सबै भन्दा भब्य नेपाल डे बनाउने दावी पनि थापाको छ ।
नेपाल डे परेडमा पन्चे बाजा, भजन, लाखे नाच तथा विभिन्न जातजाति तथा संघ संस्था भेषभूषा झल्कने झाँकी पनि प्रदर्शन हुने छ ।
एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेश शर्माले नेपाल चिनाउन गरिन लागिएको प्रयासलाई सफल पारिदिन सबै समक्ष अनुरोध गरेका छन् ।
“यो एनआरएनको मात्र होइन सबै नेपाली समुदायको कार्यक्रम हो, क्यालिफोर्निया घुम्ने अवसर पनि हो । हामी सबैलाई यो कार्यक्रममा उपस्थित हुनका लागि आग्रह गर्दछौं ।”
३५ हजार अमेरिकी डलर बजेट रहेको नेपाल डेमा साँझ सास्कृतिक कार्यक्रम पनि हुने छ । आयोजकका अनुसार भ्वाइस अफ नेपाल विजेता किरण गजमेर, मिलन लामा, संगिता थापामगर, उदयराज भट्टराईले प्रस्तुति दिने छन् ।