प्रवासी नेपाली मञ्च अमेरिका कोलोराडो राज्य कमिटीको अध्यक्षमा सञ्जय केसी
अमेरिका । सञ्जय केसी प्रवासी नेपाली मञ्च अमेरिका कोलोराडोको अध्यक्ष चयन भएका छन् ।
मञ्चको आइतवार सम्पन्न तेस्रो अधिवेसनले केसीको अध्यक्षतामा कार्यसमितिको निर्विरोध चयन गरेको हो ।
निवर्तमान अध्यक्ष श्याम कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनले नौ सदस्यीय कार्यसमिति बनाएको छ ।
उपाध्यक्षमा भेष ओली,सचिवमा सन्तोष न्यौपाने, कोषाध्यक्ष अर्जुन कार्की चयन भएका छन् । यस्तै सदस्यहरूमा कृष्ण घिमिरे ,दिनेश कार्की ,डोर विमलि र नुरहरि पोख्रेल निर्वाचित भएका छन् ।
मञ्चको अमेरिकाका अध्यक्ष तथा अन्तर्राष्ट्रिय कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा निर्वाचित कमिटीलाई श्याम श्रेष्ठ,नारायण श्रेष्ठ,टिका पौडेयल,आईत गुरूङ लगायतले वधाई तथा शुभ कामना दिएका थिए ।