कांग्रेस अछाम अधिवेशन : ४ पदाधिकारीका लागि १९ जनाको उमेदवारी,अध्यक्षमा ३ जना
कल्पना बोहरा
फागुन ।नेपाली कांग्रेस अछामको जिल्ला अधिवेशनका उमेदवारहरुको मनोनय प्रक्रिया सकिएको छ । निर्वाचन समितीले जिल्ला अधिवेशनबाट निर्वाचित हुने कार्यसमिति र महासमिति सदस्यहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । ७ औँ जिल्ला अधिवेशन अन्तर्गत सभापति पदका लागि ३ जनाको उमेदवारी परेको छ ।
पूर्व पार्टी सभापति पुष्प बहादुर शाह, वर्तमान सभापति भरत कुमार स्वाँर र नेविसंघ अछामका पूर्व अध्यक्ष राजन कुवँरको सभापतिमा उमेदवारी परेको हो । सभापतिका उमेदवार शाह क्षेत्र नं. २ बाट हुन भने स्वाँर र कुवँर क्षेत्र नं. १ बाट हुन् ।
उपसभापतिमा आवश्यक २ पदका लागि ५ जनाको उमेदवारी परेको छ । जसमा चन्द्र प्रसाद ढुंगाना, टेक बहादुर साँउद, धनबहादुर शाह, नयाँराम बजगाई र ललित बहादुर कुवँरले उमेदवारी दर्ता गराएका छन् । उपसभापतिमा ढुंगाना र बजगाँई क्षेत्र नं. २ बाट हुन् भने क्षेत्र नं. १ बाट साँउद, शाह र कुवँरको उमेदवारी कायम भएको छ ।
जिल्ला सचिव २ जनाको लागि ६ जनाको उमेदवारी परेको छ । अनिल कुमार बिष्ट, टक्कर बहादुर शाह, नरेन्द्र बहादुर कुवँर, पुष्प बहादुर बिष्ट, प्रकाश बहादुर साँउद र सुरत बहादुर बुढथापाको उमेदवारी परेको छ ।
सचिवमा दुबै क्षेत्रबाट ३/३ जनाको उमेदवारी कायम भएको छ । यस्तै सहसचिव २ जनको लागि ५ जनाको उमेदवारी परेको छ । खगेन्द्र बहादुर खड्का, गोबिन्द बहादुर बिष्ट, दिनेश कुमार स्वाँर, ललित बहादुर साँउद र हिक्मत बहादुर धामीको उमेदवारी कायम रहेको छ । जिल्ला कार्य समिती सदस्य खस आर्य ६ पुरुष तर्फ जनाको लागि २१ जनको उमेदवारी परेको छ ।
खस आर्य महिला सदस्यमा सबै निरबिरोध निर्वाृचित भएका छन् । दलित सदस्य पुरुष तर्फ ६ र महिला तर्फ २ जनाले उमेदवारी दिएका छन् ।
भूगोल तर्फ मंगलसेन नगरपालिकामा ६ जना, साँफेबगरबाट ४ जना, चौरपाटीबाट २ जना, मेल्लेख बाट २ जना, बान्नीगढी जयगढबाट ४ जना, रामारोशनबाट ५ जना, कमलबजारबाट ५ जना, पञ्चदेवल बिनायक बाट ६ जना, तुर्माखाँदबाट ४ जना र ढकारीबाट ३ जनाको उमेदवारी परेको छ ।
न्युज कारखाना