अमेरिकाले रुसमाथि लगायो वित्तिय प्रतिवन्ध, ‘युक्रेनमा रुसी आक्रमणको शुरुवात’ : राष्ट्रपति बाइडेन
अमेरिका । पश्चिमका नेताहरु सँग मिलेर अमेरिकाले रुसमाथि आर्थिक प्रतिवन्ध गलाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले “युक्रेनमा रूसी आक्रमणको सुरुवात” भन्दै रुसमाथि वित्तिय क्षेत्रमा प्रतिवन्धको लगाएको घोषणा गरे ।
ह्वाइट हाउसमा मंगलवार बोल्दै राष्ट्रपति बाइडेनले युक्रेन विरुद्धको आक्रमणको लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा समेत गरे । उनले रुसको पछिल्लो कदमलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भनेका छन् ।
अमेरिकाले दुई ठूला रूसी वित्तीय प्रतिवन्ध लगाएको छ । “हामीले रुसको सरकारलाई पश्चिमी वित्तबाट अलग गरेका छौं,” राष्ट्रपति बाइडेनले भने । “रुसले अब पश्चिमबाट पैसा उठाउन सक्दैन र हाम्रो बजार वा युरोपेली बजारहरूमा नयाँ ऋणमा व्यापार गर्न सक्दैन।”
राष्ट्रपतिले रुसका सम्भ्रान्त र तिनका परिवारमाथि पनि प्रतिवन्ध लगाउने समेत बताएका छन् ।
हालको प्रतिबन्धहरूले रूसका दुईवटा बैंकहरूलाई मात्र असर गर्ने जनाइएको छ । रुसलाई पश्चिमी बैंकिङ बजारहरूमा ऋण लिनबाट रोकिएको छ ।
राष्ट्रपतपि बाइडेनले रुस अझ अगाडि बढेमा पुटिन विरुद्ध थप प्रतिबन्ध लगाउने चेतावानी समेत दिएका छन् ।
रुसी राष्ट्रपति पुटिनले सोमवार मात्र युक्रेनका दुई पृथकतावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्रता देशको मान्यता दिने घोषणा गरेका थिए ।
बाइडेनले सो घोषणालाई तथाकथित भनेका छन् । उनले पुटिनलाई छिमेकी देशको भूभागलाई तथाकथित देशहरू घोषणा गर्ने अधिकार कस्ले दिन्छ भनेर प्रश्न समेत गरेका छन् ।
फोटो : ह्वाइट हाउसको फेसबुक पेजबाट