६ बर्षको लडाइपछि अमेरिकी महिला फुटबलरले पाउने भए समान तलब
अमेरिका । झण्डै ६ बर्षको कानुनी लडाइ पछि अमेरिकी महिला फुटबलरले (सकर) समान तलब पाउने भएका छन् ।
अमेरिकी महिला फुटबल खेलाडीले समान तलबका लागि भाग गर्दै आएका थिए । यसका लागि उनीहरुले कानुनी सहायता पनि लिएका थिए ।
तर उनीहरुले कानुनी लडाइँ अन्त्य गर्न खेलकुद निकाय सँग सम्झौता गरेका हुन् । अमेरिकी फुटबल महासंघ (युएस सकर फेडेरेशन) सँग मंगलवार भएको सम्झौतामा महिला खेलाडीलाई पनि पुरुषसँग मिल्ने गरि २४ मिलियन डलर थप बोनस दिने भनिएको छ ।
सम्झौतामा अनुसार फुटबल महासंघ महिला खेलाडीको लागि दुई मिलियनको परोपकारी कोष स्थापनाका लागि पनि सहमत भएको छ ।
‘विश्व कप बोनस सहित सहित अन्य सुविधाहरुमा युएसएसएफ महिला र पुरुष राष्ट्रिय टोलीहरूका लागि समान दर प्रदान गर्न प्रतिबद्ध छ ।’ सम्झौतामा भनिएको छ । समर्थकलाई समान पारिश्रमिको नारा लगाउन उत्प्रेरणा गर्दै आएका खेलाडिले यो सम्झौतालाई जित भनेका छन् ।
“हामी यो घोषणा गर्न पाउँदा खुसी छौं कि, नयाँ सामूहिक सम्झौतामा, हामीले समान तलबमा हाम्रो लामो समयदेखिको विवाद समाधान गर्नेछौं र फुटबलमा समानतालाई अगाडि बढाउन साझा प्रतिबद्धतामा गर्वका साथ सँगै खडा हुनेछौं।’ महासंघद्वारा जारि विज्ञप्तिमा भनिएको छ ।
सन् १९८५ मा देखि अमेरिकी महिला टिमले चारवटा विश्वकप जितेको छ । तर पुरुष टिम १९३० यता सेमिफाइनलमा पुग्न सकेको छैन । म्याच बोनस र पारिश्रमिक भने पुरुष भन्दा कम भए पछि महिला खेलाडिले त्यसको बिरोध गरेका थिए ।
उनीहरुले सन् २०१६ मा समान तलबका लागि उजुरी दिएका थिए । उनीहरुलै अमेरिकी समान तलब कानुन महिला फुटबलका लागि पनि आकर्षित हुनु पर्ने जिकिर गरेका थिए । उनीहरुले क्षतिपूर्तिको माग समेत गरेका थिए । संघिय ऐन र नागरिक अधिकार ऐनको अन्तर्गत समान तलब त्यस्तो माग गरिएको थियो ।
‘आज सम्म पुग्न सजिलो छैन । अमेरिकी महिला राष्ट्रिय टोलीका खेलाडीहरूले आफू र भविष्यका खेलाडीहरूको लागि समान पारिश्रमिक प्राप्त गर्न काम गर्दा अभूतपूर्व सफलता हासिल गरेका छन्।’ विज्ञप्तिमा भनिएको छ ।