एनआरएनए विवाद : बद्री केसी समुह शेष घले प्रति आक्रमक, ‘अपराधिको शंज्ञा’
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) मा अध्यक्षका उमेदवार डाक्टर बद्री केसी प्रमुख संरक्षक शेष घले प्रति निकै आक्रमक देखिएका छन् ।
शनिवार भर्चुअल मार्फत आयोजना गरिएको कार्यक्रममा एनआरएनए आइसीसीका उपाध्यक्ष समेत रहेका केसीले एनआरएनएका पूर्व अध्यक्ष समेत रहेका घलेलाई ‘अपराधिक’ भनेका छन् ।
एनआरएनए विवादको पछिल्लो घटनाक्रम बारेमा आफ्नो समुहको धारणा राख्न आयोजित कार्यक्रममा केसीले घले नेतृत्वको उच्च स्तरिय समितिलाई अपराधिक काम नगर्न चेतवानी समेत दिएका छन् ।
केसीले घले नेतृत्वको उच्चस्तरिय समितिले विवाद सल्टाउन भन्दा पनि विवाद बढाउन लागेको आरोप लगाए । ‘उच्चस्तरीय समिति कुनै निर्णय नदिने तर समय लम्भ्याउने देखियो ।’ केसीले भने ।
उनले जापानको सम्वन्धमा उच्च स्तरिय समितिले समाधान भन्दा पनि झन् विवादित बनाइएको आरोप लगाए । ‘जापानमा विवाद मिलाउने होइन समस्या निकाल्ने देखियो, जापानको एनसीसी भङ्ग गर्ने अधिकार उच्च स्तरिय समिति र देवमान हिराचनलाई कस्ले दियो ?’ कार्यक्रममा आक्रोसित रुपमा प्रस्तुत भएका केसीले प्रश्न गरे ।
‘एनसीसी भङ्ग गर्ने अधिकार उच्चस्तरीय समितिलाई छैन, उहाँहरुको नियत ठिक देखिएन, अपराधिक काम नगर्न चेतावनी दिन्छु ।’
केसीले अब उच्चस्तरिय समितिको काम सकिएको दावी गरे । ‘उच्चस्तरीय समितिको काम सकियो आफै जानुस नत्र आइसीसीले विघटन गराउछ त्यसको जिम्मा म लिन्छु ।’
केसीले एनआरएनए आइसीसीका अर्का उपाध्यक्ष सोनाम लामलाई कुल आचार्य समुहको प्रचारक भन्दै उनको प्रतिवेदनलाई उच्चस्तरिय समितिमा छलफलकै विषय नबनाउन चेतावानी दिए । ‘सोनाम लामाको रिपोर्ट छलफल गर्न हुदैन खवरदार तपाईलाई आइसीसीले कारवाही गर्छ ।’
एनआरएनएमा देखिएको विवाद समाधान गर्नका लागि आइसीसीले घलेको नेतृत्वमा सात सदस्यीय उच्च स्तरिय समिति गठन गरेको छ । सो समितिमा वर्तमान अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो सहित सबै पूर्व अध्यक्ष सदस्य छन् ।
एनआरएनएमा प्रतिनिधि छनौटको विषयलाई लिएर विवाद छ । सोही विवादका कारण अक्टुवरमा हुनु पर्ने चुनाव अहिले सम्म हुन सकेको छैन । प्रतिनिधि विवादलाई सम्बोधन गर्न उच्चस्तरिय समितिले उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित कमिटीलाई जिम्मा दिएको थियो । लामाले बुझाएको रिपोर्टमा झण्डै नौ सय प्रतिनिधिको नाम कटौति गरिएको बताइको छ । यद्पी रिपोर्ट अहिले सम्म सार्वजनिक गरिएको छैन ।
लामाको रिपोर्ट उच्चस्तरिय समितिमा छलफल हुनै बाँकी छ । सोही रिपोर्ट छलफलमै लान नहुने भन्दै डाक्टर बद्री केसी समुह आक्रोसित देखिएको छ ।
सो समुहका उपाध्यक्षका उमेदवार तथा एनआरएनए आइसीसीका महासचिवका डाक्टर हेमराज शर्माले उच्चस्तरिय समिति आइसीसीको वर्तमान कमिटीलाई विघटन सम्म पुर्याउने षड्यन्त्रमा लागेको आरोप लगाए ।
उनले सोनाम लामाको रिपोर्ट छलफलमै लैजान नहुने बताए ।’एउटा उमेदवारको प्रचारकले ल्याएको रिपोर्ट के हुन्छ ? यो स्वार्थ बाझिने काम होइन ?’
‘उच्च स्तरिय समिति विवाद मिलाउनका लागि हो नयाँ विवाद निकाल्न होइन ।’ शर्माले भने ‘निर्वाचन भाड्न खोजिए फेरि आदालत जान्छौ सदस्य तलमाथि गर्न पाइदैन ।’
यस्तै केसी समुहका महासचिवका उमेदवार गौरी जोशिले चुनाव हुन नदिने षड्यन्त्र भए त्यो मान्य नहुने बताए । ‘विभिन्न बाहानामा चुनाव हुन नदिने अप्रिल १८ कटाउने र कमिटी विघटन गर्ने षड्यन्त्र भए त्यो क्षम्य हुदैन ।’
केसी समुहले अब कुनै पनि बाहानामा निर्वाचन सार्न नहुनेमा पनि जोड दिएको छ ।