मन्त्री प्रेम आलेको अश्लिल गाली सम्बन्धि अडियो–भिडियोको पार्टीले सत्यतथ्य जाँच गर्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ ।
मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लिल गाली गरेको अडियो–भिडियो मंगलबार विहान सार्वजनिक भएको थियो । अडियो– भिडियोमा मन्त्री आलेले ती व्यक्तिलाई अश्लिल गाली मात्र होइन ज्यान लिने धम्की समेत दिएका छन् ।
‘जुन अडियो–भिडियो सार्वजनिक भएको छ त्यसको सत्यता जाँच गर्ने कुरामा हामी लागेका छौं,’ नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले न्युज कारखानासँग भने, ‘आज नेतृत्व तहमा यसबारे छलफल हुन्छ ।’
पार्टी भित्र छलफल भइनसकेकोले अहिल्यै यही हुन्छ भनेर भन्न नसक्ने उनले बताए ।
अडियो–भिडियोको सत्यतथ्य बुझेपछि उनीमाथि कस्तो एक्सन लिने भन्ने पार्टीले निर्णय गर्ने उनले जनाए । आले एकीकृत समाजवादी पार्टीको तर्फबाट मन्त्री बनेका हुन् ।
‘अपहरणको धम्की’ दिएको भन्दै मन्त्री आलेको राजीनामाको माग
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई उठाउने (अपहरण) गर्ने धम्की दिए पछि चौतर्फी आलोचना भएको छ ।
सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै आक्रोशित रहेका मन्त्री आलेले टेलिफोनमार्फत एक युवालाई ‘अपहरण’सम्मको धम्की दिएपछि चौतर्फी आलोचना भएको हो । मन्त्री आलेले धम्की दिँदै गरेको फोन वार्ता यतिखेर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको सर्वत्रराजिनामाको माग उठेकाे छ ।
एमाले नेता भीम रावलले ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ । हेरौं उहाँहरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ ?’
एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको उक्त धम्कीको आलोचना गरेकी छिन् । ‘हद नाघेर अश्लिल बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालवाट माग गरेकी छिन् । याे संवाद एमाले कार्यकर्ता जगत ओलीकाे फेसबुकबाट सार्वजनिक गरिएकाे छ ।
यस्तो छ, मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अश्लिल शव्दकाे प्रयाेग भएकाले ती शव्द हटाइएकाे छ ।
मन्त्रीः ‘कहाँ हुनहुन्छ तपाईं?’
युवाः इन्डियातिर छु’
मन्त्रीः अनि तपाईंको कमेन्ट हेरे मैले, के लेख्या त्यस्तो यार ?’
युवाः ‘हैन हजुर, हामीले पनि यस्तो आशा लागेको थिइन् ?’
मन्त्रीः कस्तो आश ?
युवाः तपाईंबाट पनि यस्तो हुन्छ भनेर आशा गरेका थिएन,’
(मन्त्री आले आक्रोशित हुन सुरु गर्छन)
मन्त्रीः भन नी तेरी मा…. तलाईं मैले के गरेको थिएँ ?’
युवाः के गरेको छु ?
मन्त्रीः तलाई मा…. त्यही ठाउँवाट उठाउँछु म, कुन ठाउँमा छस भन त,’
युवाः आउन त यता आऊँ, बम्बईमा छु म’
मन्त्रीः तेरी मा…. भन त ठाउँ भन, मुम्बई कहाँ छस, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस तेरी मा….’
युवाः आउन आउ… आइजो न आइजो, त मुला बेसरम… तस्कर…
मन्त्रीः मुम्बई कुन ठाउँ होस भन त ?
युवाः तस्कर मुला… बेसरम, लाज छैन, तस्कर… मन्त्रीका लागि बेची खाने तस्कर’
मन्त्रीः जे पायो, त्यही लेख्छस मा…कुकुर…तलाईं मा… कुकुर त्यही आएर खुटासुटा काटेर साला प्याक गरेर राख्छु ।
युवाः मलाई ? तँ के गर्छस् भन न ?
युवाः त मा… कहाँ छस भन त ?
मन्त्रीः तँ … छोरा होस क्या, त चुतियाँ साले, मु….. ‘तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस ?’
मन्त्रीः त मा…. ट्वालेट सफा गर्छस् …. का छोरा, मलाई सिकाउँछस ?
युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ ?
मन्त्रीः भन त तँ कहाँ छस ? तलाई त्यहीबाट उठाइदिन्छु ।
युवाः त आइजो न एकैलात्ती हाने पछि उता गिर्नेवाला छस ?
मन्त्रीः बम्बई कुन ठाउँमा छस, भन त कुकुर ….का छोरी ।
युवाः बम्बई भन्या त पहिला तलाईं…अधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त ?
मन्त्रीः तेरी मा…. तेरो ठेगाना पठा त ?
युवाः अधेँरी छुु, अधेँरी…सुन न तलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त ।
मन्त्रीः लोकेसन नि पठा त ?
युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला ।
मन्त्रीः तेरी मा… तलाई पख, एकपटक तलाई त्यहीँबाट उठाइदिन्छु ।
यही संवाद अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि राजीनामाको माग उठेको छ ।