कांग्रेसले भंग गर्यो भ्रातृ संगठन,फागुन भित्र तदर्थ समिति गठन हुने
काठमाडौं । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ ।
सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ ।
नेपाली कांग्रेसका १३ वटा भ्रातृसंगठन सबैको म्याद सकिएको छ । १८ वटा शुभेच्छुक संस्थामध्ये चारवटाको मात्रै अवधि बाँकी छ । केहीको नेतृत्व दुई दशकदेखि फेरिन सकेको छैन ।
यो पनि हेर्नु होस
कांग्रेसका २७ भ्रातृसंगठन र शुभेच्छुक संस्था ‘प्यारालाइसिस’, महाधिवेशन हुने छैन टुंगो