न्यूयोर्कमा मास्क नीति खुकुलो बनाउने गभर्नर क्याथीको घोषणा
न्यूयोर्क । न्यूयोर्कका गभर्नर क्याथी होचुलले कडा इनडोर मास्क नीतिमा संसोधन हुने जनाएकी छिन् । क्याथीले बुधबार केही अपवाद बाहेक बिहिवार देखि मास्क अनिवार्य नहुने घोषणा गरेकी छिन् ।
ओमिक्रोनको प्रभाव बढे पछि पछिल्लो पटक डिसेम्बरको मध्य देखि धेरै सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको थियो ।
ओमिक्रोनको प्रभाव कम हुदै गएको भन्दै गभर्नर क्याथीले मास्क खुकुलु बनाउन लागिएको बताइन ।
“हामी यस महामारीको नयाँ चरणमा पुग्दैछौं,” क्याथीले पत्रकार सम्मेलनमा भनिन ।
राज्य-नियन्त्रित नर्सिहोमहरू र स्कूलहरूमा भने मास्क आवश्यक नै रहनेछ । एयरपोर्ट र बस स्टेशनहरू जस्ता सार्वजनिक यातायातमा भने मास्क अनिवार्य गरिने छैन । गभर्नर क्याथीले मार्चको शुरुमा स्कूलहरूबाट मास्क अनिवार्यबारे पुनर्मूल्याङ्कन गरिने बताइन ।
गभर्नर क्याथीको बुधवारको पत्रकार सम्मेलन