अमेरिकामा क्रिप्टोकरेन्सी चोरीको आरोपमा एक दम्पती गरिफ्तार, ३.६ बिलियन डलर जफत
अमेरिका । फेडेरलर रिजर्व सिस्टम (फेड्स)ले न्यूयोर्कका एक दम्पतीलाई गिरफ्तार गरी चोरी भएको क्रिप्टोकरेन्सीमा ३.६ बिलियन डलर जफत गरेको छ ।
३४ वर्षीय इल्या लिचटेनस्टेन र उनकी श्रीमती ३१ वर्षीया हेदर मोर्गनलाई २०१६ मा क्रिप्टोकरेन्सी एक्सचेन्ज बिटफिनेक्सको क्रममा ह्याक गरि पैसा लुट्ने प्रयास गरेको आरोप लगाइएको छ।
दम्पतीलाई चोरी भएको क्रिप्टोकरेन्सी कोषमा ४.५ अर्ब डलरको षड्यन्त्र गरेको आरोपमा पक्राउ गरिएको हो । कानून प्रवर्तन अधिकारीहरूले ती कोषहरू मध्ये ३.६ बिलियन जफत गरेको जनाएका छन् ।
अमेरिकी उप महान्यायाधिवक्ता लिसा मोनाकोले “विभागको सबैभन्दा ठूलो वित्तीय जफत” भनेका छन् । भर्चुअल मुद्रा एक्सचेन्जका क्रममा ह्याकरहरूले हालैका वर्षहरूमा सयौं मिलियन डलर कमाएको अनुमान गरिदै आइएको छ । यस्तो अवस्थामा गिरफ्तारी र पैसा जफतले अमेरिकी कानून प्रवर्तनको विजय भएको भनिएको छ ।
न्याय अधिकारीहरूका अनुसार लिक्टेनस्टाइन र मोर्गनलाई मनी लान्ड्रिंग गर्ने षड्यन्त्रको आरोप लगाइएको छ, जसमा २० वर्षसम्मको जेल सजाय हुन्छ । यस्तै अमेरिकालाई ठगी गर्ने षड्यन्त्र गरेको आरोपमा पाँच वर्षसम्म जेल सजाय हुने जनाइएको छ ।
सीएनएनको सहयोगमा