प्रवासी मन्च अमेरिकाको तेस्रो सम्मेलन अप्रिलमा
अमेरिका । प्रवासी नेपाली मन्च अमेरिकाको तेस्रो राष्ट्रिय सम्मेलन अगामि अप्रिलमा हुने भएको छ । मन्च नेपाल कम्युनिष्ट पार्टी एमालेको विदेश स्थित भातृ संस्था हो ।
मन्चका अध्यक्ष प्रभु थापाले शनिवार विज्ञप्ति जारी गर्दै सम्मेलनका बारेमा जानकारी गराएका हुन् । थापाका अनुसार जनवरी १५ तारिकमा सम्पन्न मन्चको सचिवालय बैठकले अधिवेशन स्थल पछी निर्णय गर्न गरि मिति तोकेको हो ।
बैठकले मन्चको सांगठनिक स्वरुपमा पनि परिवर्तन गर्ने निर्णय गरेको छ । अब अमेरिकालाई चार क्षेत्रमा विभाजन गरि क्षेत्रगत रुपमा संगठन विस्तार गरिने छ ।
थापाका अनुसार हरेक क्षेत्रमा क्षेत्रिय संयोजक र सह संयोजक रहने छन् । उनीहरुले सम्बन्धित क्षेत्र अन्तरगत पर्ने राज्यहरूमा सदस्य नबिकरण र नयाँ सदस्यता वितरण गर्ने नाम संकलिन गरि केन्द्रलाई सिफारिस गर्ने छन् ।
राज्य कमिटिहरू गठन/पुनर्गठन पनि यहि फेब्रुअरीको अन्त सम्प गरिने जनाइएको छ ।
यस्तै बैठकले नेपालमा स्थापना गरिएको अक्सिजन प्लान्टका बारेमा जानकारी गराएका थिए । थापाको विज्ञप्तिमा भनिएको छ,’ बैठक सचिव कृष्ण प्रसाद लामिछानेले पोखरा स्थित गन्डकी अस्पतालमा स्थापना गरि गत भदौ महिनादेखि सन्चालित अक्सिजन प्लान्टको स्थापनाका क्रममा अमेरिकाबाट संकलित रकमको बिस्तृत बिवरण जानकारी गराउनु भयो ।’