के हो युक्रेन विवाद, के छ अमेरिका र रुसको स्वार्थ
डा. अविन ओझा
अमेरिका । विश्व राजनीतिमा अहिले युक्रेन विवाद चर्चाको शिखरमा छ । युक्रेनको विययलाई लिएर विश्व शक्तिशालि मुलुक अमेरिका र रुस आमन्ने सामन्ने नै हुने अवस्थामा पुगेका छन् । यो समस्यामा यूरोपि राष्ट्र पनि अछुतो छैनन ।
रुसले लाखौं सेना युक्रेनको सीमामा तैनाथ गरेरको खवर आइरहेका छन् । कुनै पनि समय रुसले युक्रेन माथि आक्रमण गर्ने र त्यसो भएमा आफुले पनि प्रतिकार गर्ने अमेरिकाले चेतावानी दिएको छ ।
रुसले युक्रेनमा हमला गरे रुसी ग्यास पाइप लाइन अबरुद्ध गर्ने अमेरिकी चेतावनी नै दिएको छ । पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाईन नर्थ स्ट्रिम २ खोल्ने निर्णय रोक्ने अमेरिकाले चेतावनी दिएको हो । नर्थ स्ट्रिम २ रसियाबाट जर्मनीसम्म पुग्ने पाइप लाइन हो ।
रुसको अर्थतन्त्रलाई निशाना बनाउने पश्चिमा साझेदारहरुले बताउँदै आएका छन् ।
दुई महाशक्तिशाली राष्ट्रलाई युद्धकै अवस्था पुर्याउने आखिर के हो युक्रेन समस्या ? युक्रेनलाई लिएर अमेरिका र रुस बीच किन हुन्छ तनाव ।
प्रसङ्ग,
झण्डै एक दशक यता पूर्वी यूरोपियन राष्ट्र युक्रेन र विश्व महा—शक्ति राष्ट्रहरु मध्येको एक रुस विचको सम्वन्धमा कुरा शुरु गरौं । जुन कुरा विश्व राजनीतिमा सर्वत्र चासो र चर्चाको विषय बनिरहेको छ । यी दुई राष्ट्रको सम्वन्धको विषयलाई लिएर अमेरीका र अमेरीकी राजनीतिमा बेग्लै चासो र बहस चलिरहेको छ ।
यस आलेखमा यी देशहरुको सम्वन्ध र विवादका विषयमा राजनैतिक तथा अन्तर्राष्ट्रिय सिद्धान्त र परिस्थिति जन्य विषयगत परिदृष्यहरुको विश्लेषण गरिएको छैन । यहाँ रुस र युक्रेनको सम्वन्धका विषयमा उपलब्ध विभिन्न प्रकासित सामाग्री तथा स्रोतहरुको समीक्षा मार्फत जानकारी मुलक केही सन्दर्हरु प्रस्तुत गरिएको छ ।
कियभः रुसकोलागि ऐतिहासिक—सांस्कृतिक महत्वको स्थान !
युक्रेनको राजधानी कियभ रुसको लागि ऐतिहासिक एवम्ँ साँस्कृतिक महत्वको स्थान हो । वर्तमान युक्रेनको राजधानी कियम रसीयन सभ्यता तथा रुढिवादी इर्साइहरुको उद्दगम स्थलको रुपमा रुसले मान्दै आएको छ । त्यसो त रुसी साम्रराज्यको उदय पनि कियभ बाटै भएको मानिन्छ ।
मध्यकालीन युगको ९ औं शताब्दीताका पूर्विय सेल्भिक जातिले कियभमा किभियन रुस सभ्यताको शुरुवात गरेका थिए । भाषिक हिसावले पनि करिव ३० प्रतिशत युक्रेनियनको मातृभाषा रसियन हो । यसर्थ पनि रुसको लागी युक्रेनको राजधानी कियभ ऐतिहासिक एवम् साँस्कृतिक महत्वको स्थान रहदै आएको छ ।
रुसको ग्याँस (तेल) ब्यापार!
युरोपका अधिकाँश देशहरुमा ग्याँसको आपूर्ति रुसले गर्दै आएको छ । युरोपियन युनियनको ग्याँस आयतको करिव ४० प्रतिशत रुसबाट हुदै आएको छ । मुख्यतय रसियन ग्याँस लाइन युक्रेनको भूमी हुदै गएका छन् । यस्तोमा रसियन ग्याँसलाइन माथि युक्रेनले जहिले पनि अवरोध खडा गर्न सक्नेछ ।
रुसको युरो—एसिया परियोजनामा युक्रेन भूमीको महत्व !
सन् २०१५ को शुरुवात देखि रुसको पहलमा युरो एसियन इकोनोमिक युनियनको निर्माण भएको छ । जसमा अरमानिया, बेलारुस, काजकस्ता, र्किगिस्तान र रसियाले हस्तक्षर गरेका छन् । यो युनियको मुख्य उद्देश्य सदस्य राष्ट्रहरु विच आर्थीक सहकार्य र जनताको समृद्धिको लागि सहकार्य गर्ने छ । यो रुसको महत्वकाँक्षी भूराजनीतिक परियोजना हो । यूरो एसियन युनियन मार्फत रुस पूर्व सोभियत युनियनको साख फर्काउने दाउमा छ । यो परियोजनाको सर्थकताका लागि छिमेकी मुलुक युक्रेनको सहयोग निकै महत्वपूर्ण छ । पूर्वी युरोपमा युक्रेन भू—भागको हिसावले रुस पछिको ठूलो देश पनि हो ।
ओरेन्ज रिभोलुसनः रुस परस्त की पश्चिमा परस्त सरकार !
सन् २००४ को राष्ट्रिपतिय निर्वाचनमा प्रो—रसियन उमेद्दवार भिक्टर यानाकोभिच र प्रो—र्वेस्र्टन उमेद्दवार भिक्टर युसेनचेन्को विच प्रतिस्पर्धा भएको थियो । सन् १९९१ मा स्वतन्त्र राष्ट्र युक्रेनको जन्म भए पश्चात सन् २००४ को आम निर्वाचन युक्रेन स्वयं लगायत विश्व समुदाय मुलत रसिया र अमेरिकाको लागि पनि निकै महत्वको विषय बन्न पुगेको थियो । कारण उक्त निर्वाचनले युक्रेनको भावी राजनीतिक धारको दिशा निर्धारण गर्दै थियो ।
युक्रेन युरो—एटलाण्टिक समुदायमा प्रवेश गर्ने कि युरो—एसिया मोडेल मै रहने अर्थात, युक्रेनी राजनीति प्रजातन्त्रिक प्रणालिमा प्रवेश गर्दछ कि प्रचलित कम्युनिष्ट पद्दतिमै रहने भन्ने अहम मुद्दाको पनि छिनो—फानो गर्दै थियो, २००४ को निर्वाचन ले । यस्तो जटिल परिस्थितिका विच भएको आम निर्वाचन विवादित रह्यो ।
पहिलो चरणमा (अक्टोवर ३१, २००४)मा दुवै उमेद्दावरले प्रयाप्त प्रतिशत मत नपाएपछि निर्वाचन दोश्रो चरणमा गयो । पहिलो चरणको निर्वाचनमा युसेनचेन्कोले झिनो अन्तरले यानाकोभिचे लाई उछिनेका थिए । दोश्रो चरणको निर्वाचन (नोभेम्वर २१, २००४)मा भने धेरै मत प्राप्त गरेका यानाकोभिच लाई निर्वाचन आयोगले विजेता घोषणा गरिदियो । तर युसेनचेन्को समर्थकहरुले निर्वाचन नतिजा अवैध मान्दै प्रजातन्त्रको बहालिको लागि अन्दोलन सुरुवात गरे जसलाई ओरेन्ज रिभोलुसन नाम दिइयो । यहीबाट युक्रेनको राजनीतिमा आन्तरिक अस्थिरताको शुरुवात भयो । अन्तत युक्रेनी सर्वोच्च अदालतले उक्त नतिज बदर गर्दै पुन निर्वाचनमा जान सिफारिस गर्यो ।
पुर्न—निर्वाचन (डिसेम्वर २६, २००४) मा ५२ प्रतिशत मत सहित युसेनचेन्को राष्ट्रपति निर्वाचित भए । युसेनचेन्कोले जनावरी २३, २००५ मा राष्ट्रपतिको जिम्मेवारी सम्हाले । यही निर्वाचन पश्चात युक्रेनको राजनीतिमा मस्कोको प्रभाव घटेको थियो । तर सन् २०१० को आम निर्वाचनमा पुन प्रो—रसियन उमेद्दवार भिक्टर यानाकोभिच राष्ट्रपतिमा विजय भए पश्चात युक्रेनमा पुन मस्कोको प्रभाव स्थापित भयो । उनको शासनकालमा युरोपियन युनियन सम्वद्ध कार्यक्रमहरु भन्दा रुस सम्वद्ध कार्यक्रमहरु प्राथमिकतामा परे ।
उनले युक्रेन र रसियाको सम्बन्ध निकै मजबुत बनाए । अर्को तर्फ युक्रेनमा राष्ट्रपतिले रुस परस्त गतिविधी तिव्र परेकोले विभिन्न आन्दोलनहरुको सुरुवात हुन पुग्यो । फलत, २०१४ को सुरुवातमै युक्रेन गृहयुद्धको मुखमै पुग्यो । फेब्रुअरी, २०१४ मा युक्रेनी संसदले राष्ट्रपति यानाकोभिचलाई पदमुक्त गर्ने पक्षमा मतदान गरे । अन्तत्, जुन २०१५ मा राष्ट्र विरोधी विभिन्न अभियोग सहित उनी पद मुक्त भए । यसै सँगै युक्रेनमा मस्कोको शक्ति तथा प्रभाव स्खलित हुन पुग्यो । अर्कोतर्फ, प्रो—र्वेस्र्टन राजनीति तथा शक्तिको प्रभाव स्थापित भयो ।
क्रिमियाः भूराजनीतिक महत्वको भूमी !
युक्रेनी स्वमित्वमा रहेको उक्त प्रायद्धीप युरो—एसिय एवं युरो—एटलाण्टिक दुवैका रणनीतिका लागि भूराजनीतिक दृष्टिले निकै महत्व पूर्ण मानिदै आएको थियो । उक्त प्रायद्धीप माथि रुस र अमेरिका—युरोपियन युनियन दुवैको नजर जमेको थियो । तर, राष्ट्रपति यानाकोभिचको च्यूत सँगै युक्रेनमा आफ्नो प्रभावकम हुने आँकलन गरेको रुसले भूराजनीतिक महत्व बोकेको क्रिमिया प्रायद्धीप माथि २०१४ मा कब्जा जमायो ।
रुसले क्रिमियको सेभेस्तोपोलमा आफ्नो नौसेना क्याम्प खडा गर्यो । यो प्रायद्धीप बाट रुसलाई युरो—एसिया रणनीति प्रसार गर्न देखि लिएर मेडिटेरीय क्षेत्र हुदै दक्षिण आन्दमहासागर र हिन्द महासागर सम्म आफ्नो पहुँच कायम राख्ने बाटो सहज भएको छ । क्रिमिय आफ्नो स्वमित्वमा लिदै रुसले आफ्नो सुरक्षा रणनीतिलाई निकै मजबुद बनाएको छ ।
अमेरिकाको स्वार्थ
पहिलो त राजनीतिक स्वार्थ नै हो । को महाशक्ति राष्ट्र भन्ने र विश्वमा प्रभाव बढाउने हो । दोस्रो अमेरिकाको परराष्ट्र नीति नै विश्वमा प्रजातन्त्रको प्रसार र संरक्षण गर्ने तथा कम्युनिष्ट सिद्दान्तलाई घटाउने हो । अर्को तर्फ रुसको यूरो एशिया परियोजना छ । अमेरिका युक्रेनलाई नेटोमा आवद्द बनाएर रुसलाई कमजोर बनाउन चाहान्छ । जुन कुरा रुसलाई अस्वीकार्य छ ।
अन्तमा,
सन् १९९१ मा पूर्व सोभियत युनियन विभाजित भए पश्चात बनेका राष्ट्रहरुमा रुसले आफ्नो हैकम देखाउदै आएको छ । यसै अनुरुप आफ्नो भूराजनीति स्वार्थको लागी रसियाली वर्चश्व बढाउदै आएको छ ।
युक्रेनमा बढ्दो पश्चिमा युरोप राजनीतिक, नेटोको प्रभाव, तथा उदाउदो उदारवाद उन्नमुख प्रजातन्त्र रुसको निम्ति भूराजनीतिक हिसावले अस्विकार्य छ । आफ्नो देशको सीमामा यस्ता गतिवधिले रसियाको अर्थराजनीतिक दृष्टिकोणले पनि अहितकर मान्दछ । जसका कारण दिन प्रतिदिन युक्रेन र रसियाको सम्वन्ध विग्रदो बन्दै गएको छ । जहाँ अमेरिकाले युक्रेनलाई साथ दिदै आएको छ ।
(डाक्टर ओझा अमेरिकाको न्यूयोर्क स्थित योर्क कलेजका प्राध्यापक हुन्)