रूसले युक्रेनमाथि थप आक्रमण गरे निर्णायक जवाफ दिनेछौं : अमेरिकी राष्ट्रपति
अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि थप आक्रमण गरे आफुहरुले निर्णायक जवाफ दिने चेतावानी दिएका छन् । राष्ट्रपति बाइडेनले युक्रेनप्रति आफ्नो समर्थन रहेको दोहोराएका छन् ।
युक्रेनका राष्ट्रपति किभ भोलोदिमिर जेलेन्सिकीसँगको टेलिफोन वार्तामा रसियासँगको विवादमा बाइडेनले युक्रेनप्रतिको आफ्नो समर्थन दोहोराएका हुन् ।
बाइडेनले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखन्डताप्रति अमेरिकी प्रतिबद्धतामासमेत जोड दिएका थिए । वार्ता पछि ट्वीट गर्दै बाइडेनले भनेका छन्,’ मैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग हाम्रा समन्वित कूटनीतिक प्रयासहरूबारे छलफल गर्न र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि हाम्रो समर्थनलाई पुन: पुष्टि गर्न कुरा गरें ।’
युक्रेनमा रसियाली सैन्य दवावको विरुद्धमा बाइडेनले एकीकृत पश्चिमा मोर्चा खडा गर्ने प्रयासमा छन्, जसका कारण मस्को क्रुद्ध बनेको छ । हाल एक लाख भन्दाबढी रसियाली फौज युक्रेनको सीमानजिक तैनाथ छन् ।
जेलेन्सिकीसँगको वार्तामा बाइडेनले रसियाले युक्रेनमाथि थप अतिक्रमण गरे आफ्ना गठबन्धन र साझेदार देशहरुको सहयोगमा निर्णायक जबाफ दिने आश्वासन दिएको ट्वीट्मा लेखेका छन । ‘यदि रूसले युक्रेनमा थप आक्रमण गर्छ भने – हाम्रा सहयोगी र साझेदारहरूसँग – हामी निर्णायक रूपमा जवाफ दिनेछौं।’