अमेरिका स्थित नेपाली दुतावासद्वारा अत्यावश्यक बाहेकका पासपोर्ट वितरण बन्दको घोषणा
अमेरिका । अमेरिका स्थित नेपाली दुतावासले तत्कालका लागि अत्यावश्यक बाहेकका पासपोर्ट वितरण स्थगत गरिएको जनाएको छ ।
वासिङ्गटन डी.सी. स्थिति नेपाली दुतावासले बिहिबार सूचना सार्वजनिक गर्दै मेशिन रिडेवल पासपोर्ट (एमआरपी) नवीकरणको नियमित सेवा स्थगन गरिएको भनेको छ ।
दुतावासले इ पासपोर्ट जारी गर्न आवश्यक तयारीका लागि एमआरपीको नियमित सेवा स्थगत गरिएको जनाएको छ ।
‘नेपालमा विद्युतीय राहदानी (इ पासपोर्ट) जारी गर्ने कार्य शुरु भइसकेको सन्दर्भमा नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. बाट पनि निकट भविष्यमै इ पासपोर्ट जारी गर्ने कार्य शुरु हुनेछ। त्यसका लागि आवश्यक पूर्वाधार तथा प्रणाली जडान गर्ने कार्य गर्नुपर्ने भएकोले अत्यावश्यक अवस्था परेकोमा बाहेक यन्त्रबाचक राहदानी नवीकरण गर्ने कार्य हाललाई स्थगन गरिएको छ।’ विज्ञप्तिमा भनिएको छ ।
दुतावासले सम्पूर्ण सबै तयारी पुरा इ पासपोर्ट आवेदन लिने गरी अर्को सूचना जारी गर्ने जनाएको छ । हाललाई जुन २०२२ सम्म बहाल अवधि रहेका र तत्काल राहदानी नबनाएमा बसाई अवैधानिक हुने वा रोजगारी गुम्ने जस्ता अत्यावश्यक अवस्थामा मात्र आवेदनहरुमात्र लिइने दुतावासको विज्ञप्तिमा छ।
यसै गरि न्यूयोर्क स्थित नेपाली महाबाणिज्यदूतावासले पनि हालका लागि एमआरपी पासपोर्ट वितरण बन्द गरिएको जनाएको छ ।