नेपाल सरकारबाट सकारात्मक सन्देश पाएका छौं : एमसीसी
अमेरिका । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले अमेरिकी अनुदान सम्झौता अनुमोदनबारे नेपाल सरकारबाट सकारात्मक प्रतिबद्धता पाएको जनाएको छ ।
पाँच सय मिलियन डलरको अमेरिकी अनुदान सम्झौतालाई बारे अन्यौल रहदा एसीसीको यस्तो भनाइ आएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनको अध्यक्षतमा एमसीसी मुख्यालय वासिङ्टनमा निर्देशक समितिको बैठक बसेको थियो । बैठक पछि जारी विपतिमा ‘नेपाल सरकारबाट प्राप्त सुचनाका आधारमा सम्झौताका बारे समिक्षा भएको’ उल्लेख छ । ‘निकट भविष्यमा कम्प्याक्टलाई अनुमोदन गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई निर्देशक समितिले ध्यानमा राखेको छ ।’
विज्ञप्तिमा बैठकले बेलिज र जाम्बियालाई पनि एमसीसी परियोजनाको रुपमा छनौट गरेको उल्लेख छ ।
एमसीसी लिने की नलिने भनेर नेपालमा ठूलो विभेद छ । सत्तागठबन्धन नै यस विषयमा विवाधित भए पछि अमेरिकाले परियोजना लिन वा फिर्ता गर्ने मध्ये एक रोज्न दवाव दिदै आएको छ ।
नेपालमा संसदबाट अनुमोदन गराउने पर्ने प्रक्रिया ढिलो हुदै गएको समयमा बैठकले नेपाललाई दिने भनिएको परियोजना खारेज सम्म गर्न सक्ने अनुमान गरिएको थियो ।
तर प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अबको बैठकमा एसीसी सम्वन्धी विषय प्रवेस गराउने तयारी गरेका छन् । संसदको आगामि बैठक पुस ६ गते आइतवार बस्दै छ ।