कार्गो ट्रकमा लुकेर अमेरिका प्रवेस गर्न खोज्ने १२ जना सीमामा पक्राउ
अमेरिका । टेक्सास सीमाबाट मालवहाक गाडिमा लुकिछिपि अमेरिका प्रवेस गर्ने प्रयासमा रहेका १२ जना कागजपत्रविहीनहरुलाई सीमा सुरक्षा बलले पक्राउ गरेको छ ।
लारेडो सेक्टर सीमा गस्तीमा रहेका सुरक्षाकर्मीले लारेडोको उत्तरमा आइ ३५ अध्यागमन नाकामा चेकजाच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
सामान बोक्ने ट्रकमा अगाडिबाट हेर्दा शुरुमा दुई जना मात्र देखिएको तर पछाडीबाट ट्रक खोलेर हेर्दा अन्य अपरिचित १० जना व्यक्ति लुकेर बसेको पाइएको सीमा सुरक्षा अधिकारीले जनाएका छन् ।
यस्तै अर्को सवारी साधनका पनि लुकिछिपि अमेरिका आउन लागेका अन्य दुई जना पक्राउ परेको जनाइएको छ । उनीहरु पनि कागजपत्रविहिन भएको बताइएको छ । पक्राउ गरेका व्यक्तिहरु कुन कुन देशका हुन भन्ने सीमा सुरक्षा बलको बुलेटिनमा उल्लेख गरिएको छैन ।
पछिल्लो समय दक्षिण सिमाबाट अवैध रुपमा अमेरिका प्रवेस गर्ने खोज्नेहरुको संख्या बढेको छ । अघिल्लो साता पनि अवैध रुपमा अमेरिका प्रेवस गर्ने खोज्ने तीन हजार भन्दा बढीलाई सीमा सुरक्षाबलले रोकेको जनाएको थियो ।
फोटो : यूएस सीमा सुरक्षा बल