अमेरिकामा गैर-नागरिकले पनि पनि मतदान गर्न पाउने विधयक पारित
अमेरिका । अमेरिकी नागरिकता नभएका तर स्थायी रुपमा बसेका व्यक्तिले पनि मतदान गर्न पाउने गरि बिहिवार स्थानीय काउन्सिलले विधयक पारित गरेको छ । आप्रवासीहरुको धना बस्ति रहेको न्यूयोर्क सिटी काउन्सिले यस्तो विधेक पारित गरेको हो ।
अब न्यूयोर्कमा बसेर सरकारलाई कर तिर्दै आएका गैर अमेरिकन नागरिकले पनि सिटी निर्वाचनमा मतदात गर्न पाउने छन् । यो विधयकलाई ऐतिहासिक कानुन भनिएको छ ।
‘न्यू योर्क शहर गर्वका साथ लाखौं काम गर्ने, कर तिर्ने आप्रवासीहरूको घर हो, तर जो अमेरिकी नागरिक होइनन् उनीहरूलाई कसले प्रतिनिधित्व गर्छ भनेर निर्धारण गर्ने मतपेटिकामा कुनै शक्ति थिएन, काउन्सिलले आज योग्य गैर-नागरिक न्यूयोर्कवासीहरूलाई स्थानीय चुनावमा मतदान गर्ने अधिकार दिन ऐतिहासिक कानूनमा बनाएको छ ।’ विधयक पास भए पछि काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विधयकले केही शर्त भने राखेको छ । वैधानिक रुपमा अमेरिका बसोवास गर्न अनुमत पाएको (ग्रीन कार्ड वा वर्क परिमिट भएको) हुनु पर्ने छ । यस्तै राज्यलाई कर तिरेको र लगातार ३० दिन देखि न्यूयोर्क शहरको बासिन्दा भएको हुनु पर्ने छ ।
अब अमेरिकी नागरिकता बाहेकको निर्वाचन कानून, “नगरपालिका मतदाता” को रूपमा मतदान गर्न दर्ता गर्न योग्य हुनेछन। उनीहरुले मेयर, नियन्त्रक, सार्वजनिक अधिवक्ता, बरो अध्यक्ष, वा काउन्सिल सदस्यको सबै निर्वाचनमा मतदान गर्न पाउने छन् । प्रदेश र संघीय निर्वाचनमा भने यी मतदाताले मत दिन पाउने छैनन ।
अब निर्वाचन बोर्डले यो नयाँ प्रणाली लागू गर्ने जनाइएको छ । नगरपालिकाका मतदाताहरूका लागि विशेष गरी नयाँ दर्ता फारम भराइने छ । उनीहरूलाई स्थानीय प्राथमिक निर्वाचनमा मतदान गर्न राजनीतिक दलमा नाम दर्ता गर्ने अवसर पनि दिइने छ । यस्ता मतदाताले सन् २०२२ को डिसेम्वर ९ तारिक देखि मतदात गर्न पाउने छन् ।
परिषदमा बिहवार भएको मतदानमा विधयकको पक्षमा ३३ रहेका थिए । १४ जनाले भने विधयको विपक्षमा मतदान गरे । दुई काउन्सिल सदस्य भने अनुपस्थित थिए। रिपब्लिकन र नरमपन्थी डेमोक्र्याटहरूले यो विधयकको विरोध गरेका थिए। उनीहरुले गैर-नागरिकहरूले मतदान गर्न योग्य हुन ३० दिन अघि मात्र शहरमा बस्दा हुने प्रावधानमा आपत्ति जनाएका थिए ।
न्यूयोर्कका मेयर बिल डे ब्लासियोले यस कदमले अमेरिकी नागरिकताको मूल्यलाई कमजोर पार्ने आफ्नो आरक्षण रहे पनि बिललाई भिटो नगर्ने बताएका छन्।
सिटी काउन्सिलको यो विधेयकले न्यूयोर्क सिटीमा रहेका दश लाख भन्दा बढी गैर अमेरिकीहरुले मतदान गर्न पाउने छन् । न्यूयोर्क सिटीमा नेपालीहरुको पनि बाक्लो बसोवास रहेको छ ।
यसैबीच शेर्पा केदुङका पूर्व अध्यक्ष उर्गेन शेर्पाले यो विधेशकले आप्रवासीको आवाज सुनिने ठाँउ भनेको प्रतिक्रिया दिए । सिटी काउन्सिल क्वीन्स कम्युनिटी बोर्डका सदस्य समेत रहेका शेर्पाले भने ‘न्यूयोर्कमा रहेका आप्रवासीले अमेरिकी नागरिक भन्दा बढी काम गर्ने र ट्याक्स तिर्ने तर आवाज सुन्ने ठाँउ नभएको महशुश हुन्थो तर अब त्यो अन्त्य भएको छ ।’
न्यूयोर्कमा आप्रवासीक्षेत्रमा क्रियाशिल थुप्रै संघ सस्थाहरुले लामो समय देखि यो विधयको बिषयमा वकालत गर्दै आएका थिए । विभिन्न समयमा हुने दवाव मुलक र्यालीमा नेपालीहरु पनि सहभागि हुने गरेका थिए ।