ऋषि अध्यक्षमा सर्वसम्मत
सरोज आले महासचिव
काठमाडौं। एकता होटेल तथा गेस्ट हाउस व्यवसायी सङ्घ नेपालको साधारण सभाले ऋषि कुमार चौलागाईलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । यसै गरी, सुरेश बराल प्रथम उपाध्यक्ष, खेराज उप्रेती द्वितीय उपाध्यक्ष तथा सलमान थलाङ लिम्बु तृतीय उपाध्यक्ष भए ।
सरोज आले महासचिव भए भने तिलक चापागाँइ सचिव, प्रज्वल श्रेष्ठ कोशाध्यक्ष तथा ऋषिकेश ढकाल सह कोशाध्यक्ष भए । रेणुका याक्सो लिम्बु, धनीजंग राई,सुरज राई, गोपाल कोइराला,अनीश बाँनीया,रत्न लावती र पशुपति श्रेष्ठ सदस्यमा सर्वसम्मत भए ।
लेखा समितिको संयोजकमा खेमराज चौलागाइ तथा सदस्यहरूमा दीपेन्द्र यादव तथा अञ्जनी कोइराला सर्वसम्मत भए । दामोदर नेपाल निर्वाचन प्रमुख थिए भने नारायण प्रसाद पौडेल र सनत कुमार राई सदस्य थिए । निर्वाचन प्रमुख नेपालले प्रमाण पत्र वितरण गरे ।
प्रमुख अतिथि पर्यटन मन्त्री प्रेम आलेले उद्घाटन गरेको साधारण सभामा होटेल व्यवसायी महासङ्घ, नेपालका सचिव शङ्कर भण्डारी र होटेल सङ्घ नेपालका महासचिव साजन शाक्य विशेष अतिथि थिए ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका ७ नं वडाका अध्यक्ष शुद्ध कुमार डङ्गोल सहित सदस्य श्रीराम राई लगायत अतिथिको उपस्थिति थियो ।