मेटाले अनुहार पहिचान गर्ने
प्रविधिलाई निरन्तरता दिने
फेसबुकले यही साता आफ्नो प्लेटफर्ममा अनुहार पहिचान गर्ने प्रविधि प्रयोग नगर्ने जनाएको छ। तर,फेसबुकको मूल कम्पनी मेटाले भने यो प्रविधि यसको मेटाभर्स उत्पादनमा लागू नहुने उल्लेख गरेको छ।
गत सोमबार फेसबुकले आफ्नो अनुहार चिन्ने उपकरण बन्द गर्ने र एक अर्बभन्दा बढी मानिसको अनुहारको टेम्प्लेट मेटाउने जनाएपछि गोपनियता अधिकारका वकालतकर्ता तथा अनुहार पहिचान गर्ने नीतिका आलोचकहरुले खुसी व्यक्त गरेका थिए। विवादस्पद डिपफेस एल्गोरिथ्म समावेश गर्ने प्रविधि ट्यागिङ गर्ने उद्देश्यका लागि अपलोड गरिएका तस्बिरमा व्यक्ति पहिचान गर्न प्रयोग गरिएको थियो।
फेसबुकले अनुहार चिन्ने सफ्टवेयर आइन्दा प्रतिबद्धता व्यवहारमा लागू गरिसकेको छ। त्यसैगरी, मेटाभर्स उत्पादनमा यो सफ्टवेयर चालू राखे पनि विस्तार चाहिँ नगर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।
‘यस प्रविधिमा भविष्यमा सकारात्मक रुपमा प्रयोग गरिने केसहरुलाई गोपनियता, नियन्त्रण र पारदर्शिता कायम राख्दै सबल पार्ने क्षमता छ भन्ने हामीलाई विश्वास लाग्छ। हामीले कसरी कम्प्युटिङ प्लेटफर्म र उपकरणले मानिसका आवश्यकता पूरा गर्न सक्छौं भन्नेमा पनि अन्वेषण जारी राख्नेछौं,’ मेटाका प्रवक्ता जेसन ग्रोसले भने।
रिपोर्टका अनुसार मेटाले विभिन्न खालका बायोमेट्रिक उपकरण प्रयोगलाई निरन्तरता दिन्छ किनभने यो आक्रामक रुपमा मेटाभर्समा रुपान्तरित हुन्छ। आर्टिफिसियल इन्टिलिजेन्स प्रविधियुक्त डिपफेसकोे अनुहार पहिचान प्रणाली प्रयोगकर्ताको तस्बिरका साथै सिर्जना गरेको फेसियल टेम्प्लेटसँग मेल खान्छ।